‘छोराछोरीको माया पाउन आमाबुबालाई प्रेम गर्नुपर्छ’

पाेखरा २ माघ- डा. योगी विकाशानन्दले जीवन अमूल्य भएकोले प्रत्येक मानिसले आनन्दसँग बाच्न सिक्नुपर्ने बताएका छन् । उनका अनुसार, जीवनमा आनन्दसँग जिउनका लागि सकारात्मक सोच, दृष्टिकोण र विचार आवश्यक छ । यहाँ हामीले उनका केही उपयोगी भनाईहरु उल्लेख गरिएकाे छ ।

डा. योगी विकाशानन्दका भनाई तपाईंलाई पनि जीवनउपयोगी हुन सक्छन् :

– सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महानता हो ।
– तपाईं असफलतामा झेल्न चाहानुहुन्न भने सफलताको हकदार पनि हुनुहुन्न
– यति भिन्नैखाले राजनीतिको अपेक्षा गर्नुहुन्छ भने भिन्नैखाले राजनेता खोज्नुस्

– मान्छे सम्पत्ति नभएर गरीब कहिल्यै हुँदैन, सम्पत्ति नचिनेपछि बल्ल गरीब हुन्छ ।
– अविवाहितहहरु प्रेमको प्रभावले बर्बाद हुन्छन् भने विवाहितहहरु प्रेमको अभावमा बर्बाद हुन्छन् ।
– दुःखको भरपुर सदुपयोग गर्नुस् सुख खोज्नै पर्दैन ।

– आमा बाबुलाई प्रेम दर्शाउन नसक्नेले छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।
– जो डरका बाबजुद अघि बढ्छ त्यो नै बहादुर हो ।
– हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छिपनाले टोक्छ ।

याे पनि पढ्नुहाेस्ः
प्रियंका कार्कीको ‘ब्याचलर पार्टी’ थाइल्याण्डमा, बिहेको संकेत
!

नायिका प्रियंका कार्की आफ्ना साथीहरुलाई थाइल्याण्डमा ब्याचलर पार्टी दिने भएकी छिन् । प्रियंकाले सामाजिक सञ्जालमार्फत यो कुराको खुलासा गरेकी हुन् ।

उनले एक पोस्ट सार्वजनिक गर्दै ‘कसले बिहे गर्दैछ?’ भनेर फ्यानलाई सोधेकी छिन् । फ्यानले प्रियंकालाई बधाई समेत दिएका छन् । लामो समयदेखि आयुष्मान देशराज जोशीसँग प्रेममा रहेकी प्रियंकाले बिहे गर्ने संकेत गरेकी छिन् । त्यसो त धेरै अगाडि नै प्रियंका र आयुष्मानले इङ्गेजमेन्ट गरिसकेका छन् ।

इङ्गेजमेन्ट गरे पनि बिहेको विषयमा भने प्रियंकाले छिट्टै गर्ने मात्र बताउने गरेकी थिइन् । स्रोतका अनुसार प्रियंका र आयुष्मानले सन् २०२० मै बिहे गर्दैछन् । प्रियंकासँगै सहाना बज्राचार्य, सिवांगी प्रधान लगायत थाइल्याण्डमा ब्याचलर पार्टीमा रमाउनेछन् ।

प्रकाशित मिति January 16, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।