हिन्दूहरुको पवित्र तीर्थस्थल कैलाश पर्वतका रहस्यमय ५ आश्चार्य !

कैलाश पर्वत हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैलाश पर्वत एक रहस्यमयी पर्वत हो । जहाँ धेरै रहस्यहरु रहेका छन् । मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने विश्वास समेत गरिन्छ । हिन्दू धर्मावलम्वीहरुले जीवनमा एकपटक कैलाश मानसरोवरमा जानैपर्ने मान्यता छ ।

कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको क्षेत्रमा हिमालको निकै मनोरम दृश्य पनि देख्न सकिन्छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व अझ बढी छ । पौराणिक मान्यता अनुसार यस पर्वतका केही रहस्यहरु यस्ता छन् ।

चार धर्मको तीर्थस्थल

कैलाश मानसरोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो ।तिब्बतीहरुको मान्यता रहेकोे छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए । बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैनहरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाइलामा कैलाशको यात्रा गरेका थिए ।

नदीहरुको उद्गमस्थल

नेपालको कर्णाली नदीको उद्गम स्थल पनि हो– कैलाश पर्वत । कैलाश पर्वतको चार दिशाबाट चारवटा नदीहरुको सुरुवात भएको छ । ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदीहरुबाट नै गंगा, सरस्वती सहित चीनका अरु नदीहरु पनि यही पर्वतबाट शुरु हुन्छन् ।

कैलाशको चारै दिशामा विभिन्न जनावरहरुको मुख जस्तो आकृति देखिन्छ । पूर्वमा अश्वमुख (घोडाको मुखजस्तो) रहेको छ । पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणमा याकको आकृति देखिन्छ ।यस स्थानमा सिर्फ योगी र ध्यानीहरुले मात्रै बसोबास गर्न सक्दछन् । यहाँ चारैतर्फ कल्पना पनि नगरिएका पर्वतहरु रहेका छन् ।

डमरु र ॐ को आवज

कैलाश पर्वत या मानसरोवर तलाउ क्षेत्रमा निरन्तर एक आवाज सुनिन्छ । ध्यानमग्न तथा एकाग्र चित्तले सुन्ने हो भने यहाँ डमरू र ॐ को आवाज सुनिन्छ । वैज्ञानिकहरुका अनुसार यो आवाज हिउ पग्लिएर आएको मान्दछन् । यस्तो पनि मान्यता राखिन्छ कि प्रकाश र ध्वनिकाे समागमबाट यहाँ ‘ॐ’कारको ध्वनि सुनिएको हुनसक्छ ।

यति रहस्यः

हिमालयवासीको भनाइलाई मान्ने हो भने यहाँ यति मानव पाइन्छ । कोई यसलाई हिमाली भालू समेत भन्ने गर्छन् भने कसैले जंगली मानव या हिम मानव पनि भन्छन् । यो धारणा समेत राखिन्छ कि यति मानवले मान्छेलाई मा*रेर खान्छ । केही वैज्ञानिकहरु भने यसरलाई निडर स्थल मानव मान्दछन् । अधिकांश वैज्ञानिकहरुको दाबी के छ भने हिमालयको बाक्लो हिउ भएको क्षेत्रमा हिम मानव हुन्छन् ।

दुई रहस्यमयी ताल

यहाँ २ रहस्यमयी ताल छन । एउटा मानसरोवर र दोस्रो राक्षस नामको ताल । मानसरोवर दुनियाको शुद्ध पानीको उच्चतम ताल मध्यको एक हो । दोस्रो राक्षस नामक ताल जहाँको पानी पवित्र मानिदैन । यसलाई चन्द्रमासँग तुलना गरिन्छ । यी दुबै तालको सम्बन्ध सूर्य र चन्द्रमासँग जोडिएको छ । जसले सकारात्मक र नकारात्मक ऊर्जा दिने विश्वास छ ।

प्रकाशित मिति January 16, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।