२०७७ सालमा विवाहको लागि जम्मा १८ दिन, माघ र फागुनमा लगन जुरेन !

पाेखरा १ माघ- अब यो वर्ष २० दिन विवाहकाे लगन बाँकी रहेकाे छ । माघ २, ४, १५, १६, १७, २१, २६, २७ र २९ तथा फागुन ४, ५, १३, १४, १५, १९, २५, २७, २८, २९ र ३० गते विवाहको लागि साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

अबको दुई महिनामा २० दिन लगनको साइत भए पनि अर्को वर्ष अर्थात २०७७ सालमा भने वर्षभरिमा जम्मा १८ दिन मात्र साइत रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो असोजमा मलमास परेकाले विवाहको लगन पनि कम मात्रै परेको हो । आउँदो वर्ष वैशाखमा ७ वटा, जेठ र मंसिरमा ४÷४ वटा तथा असारमा ३ वटा गरी १८ वटा मात्र विवाहको लगन छ ।

याे पनि पढ्नुहाेस्ः
राजेश हमाल भन्छन् : युवाहरु बिदेसिँदा सामाजिक विकृति बढ्यो, देशमै राेजगारी सिर्जना गर्नुपर्छ

पाल्पा – अभिनेता राजेश हमालले युवाहरु रोजगारीका लागी बिदेसिँदा सामाजिक विकृति बढेको बताएका छन् । युवाहरुलाई देशमै रोजगारी दिनुपर्नेमा जोड दिँदै हमालले दुई चार पैसा कमाउनकै लागि विदेश जानुपर्ने बाध्यताले परिवारमा समेत फाटो आएको स्पष्ट पारे । शनिबार आफू जन्मिएको जिल्ला पाल्पामा आयोजित प्रथम दर्लम पर्यटन तथा सांस्कृतिक महोत्सवका अवसरमा अभिनेता हमालले स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्नेमा जोड दिए ।

महोत्सव कार्यक्रममा नेपाली चलचित्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अभिनेता हमाललाई सम्मान पनि गरिएको थियो । साथै कार्यक्रममा पाल्पामा जन्मिएर विशिष्ट स्थानमा पुग्न सफल मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, डा. भगवान कोइराला, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, पूर्व प्रहरी प्रमुख कुबेर सिंह राना लगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति January 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।