अब रेखा, दयाहाङ र सौगातलाई एकैसाथ देख्न पाइने

पाेखरा १ माघ- नेपाली चर्चित नायिका रेखा थापा, अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ललाई अब एकसाथ पर्दामा देख्न पाइने भएको छ । ‘रेखा फिल्मस्’को व्यानरमा बन्न लागेको नयाँ चलचित्रको लागि यो एकैसाथ देखिने भएका हुन ।

‘रेखा फिल्मस्’को तर्फबाट निर्माण गर्ने यस चलचित्रको लागि दयाहाङ र सौगातसँग कागजी सम्झौता भइसकेको छ । केही दिन अगाडि दया र सौगातसँग सम्झौता भएको रेखा थापाले बताइन् । नाम तय नभइसकेको यस चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् ।

चलचित्रको पटकथा जगदीश्वर थापाले लेखिरहेका छन् । दयाहाङ र सौगातलाई पछिल्लो पुस्ताका कलाकार मानिन्छ । रेखा अघिल्लो पुस्तामा कहलिन्छिन् । दुई पुस्ताको फ्युजन र अनुभवी निर्देशकको टिमअपले राम्रै नतिजा निस्कने आश दर्कमाझ छ । यस चलचित्रले आगामी लक्ष्मी पूजालाई रिलिज लक्ष्य राखेको छ ।

प्रकाशित मिति January 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।