भिख माग्ने युवक करोडपति निस्किए, खुल्यो अचम्मको रहस्य !

दुई वर्षदेखि भिख मागिरहेका युवक करोडपति भएको पाइएको छ । हरियाणाको अम्बाला केन्टमा पुरानो अनाज मण्डीको मन्दिर बाहिर भिष मागिरहने युवक दुई बहिनीका एक्ला दाजु आजमगढका निवासी भएको खुलेको छ । उनको वास्तविक नाम धनंजय ठाकुर हो ।

उनका पिता राधेश्याम सिंह कोलकाताको एक ठूलो कम्पनीमा एचआर म्यानेजर छन् । शुक्रबार धनन्जयकी बहिनी नेहा सिंह उनलाई लखनउबाट लिन आएपछि एक्ला दाजुसँग विछोडिर भेटिँदासम्मको रोचक कहानीको खुलासा गरिन।

बिहीबार धनंजयको खुट्टाबाट रगत बगिरहेको देखेपछि गीता गोपाल संस्थाका सदस्य साहिलले उनलाई पट्टि लगाइदिन नजिक बोलाए । यही क्रममा साहिलले उनीसँग उनको घर परिवारबारे सोधे । मानसिक स्थिति ठिक नभएका धनन्जयले यसबारे बताउन सकेनन् । तर, उनले केहीबेर सम्झिएपछि एक मोवाइल नम्बर बताए ।

फोनमा साहिलले धनंजयको बारेमा कुरा गर्दा थाहा भयो कि फोन उठाउने शिशुपाल धनंजयका ठूलोबा थिए । उनैले युवकको नाम धनंजय बताए । धनंजय २ वर्ष पहिले घरबाट हराएका थिए । शुक्रबार धनंजयकी बहिनी नेहा उनलाई लिन हरियाणा पुगिन् । दाजु मन्दिरबाहिर बसेका थिए । दाह्री र कपाल बढेका थिए ।

नेहाले भारतीय मिडिया दैनिक भास्करसँग कुरा गर्दै बताएअनुसार एक्लो छोरो भएका कारण धनंजय परिवारमा निकै प्रिय थिए र जिद्दी पनि थिए । उनले ग्रयाजुएशन गरेका छन् । उनलाई न*शाको ल*त लागेको थियो । यसबाट उनको मनस्थिति बि*ग्रिँदै गयो र एक दिन उनी घर छोडेर हिँडे । परिवारले उनलाई खोज्ने निकै प्रयास गरे तर नभेटिएपछि परिवारले आशा पनि मा*रिसकेका थिए ।

प्रकाशित मिति January 14, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।