पाँच महिनामा दुई पटक मुटुको अपरे’शन गरिएका बालक बाच्छाको भल्भ हालेर बाँ’चे

पाेखरा २९ पुस- उनी जन्मँदै मुटुको बिराम लिएर आएका थिए। एउटा हो र उनको मुटुमा पाँच वटा समस्या थिए। बेलायतका ब्राडली ह्यारिसनलाई ट्रेटालोजी अफ फलटसँगै मुटुबाट फोक्सोसम्म रगत पुर्‍याउने भल्भमा समस्या थियो। त्यही भएर जन्मेको ९ दिनमै उनको छाती चिर्नुपर्यो। ९ घन्टा लामो अपरेशन गरेर डाक्टरहरूले प्लास्टिकको भल्भ उनको मुटुमा राखे। तर चार महिनापछि यसले काम गर्न छोड्यो।

उसको निलो शरिर देख्दा निकै डर लाग्यो। हामीले हतारहतार अस्पताल पुर्‍यायौं। डाक्टरहरूले उनको मुटुमा अक्सिजन सकिएको बताए,’

एकदिन ब्राडली बालसुलभ हाँसो हाँस्दा उनको शरीर निलो देखियो। आमाले उनलाई अस्पताल लगिन्। ‘उसको निलो शरिर देख्दा निकै ड’र लाग्यो। हामीले हतारहतार अस्पताल पुर्‍यायौं। डाक्टरहरूले उनको मुटुमा अक्सिजन सकिएको बताए,’ २४ वर्षीया एम्बर ग्रिफिथले भनिन्।

चेकजाँच गरेपछि डाक्टरहरूले भने– उसलाई बचाउने हो भने अब एउटा बाच्छाको भल्भ ब्राडलीको मुटुमा जोड्नु पर्छ। हाम्रो मुटुको भल्भको समस्या देखिए यान्त्रिक भल्भ वा टिस्यू भल्भ फेर्नुपर्छ। यान्त्रिक भल्भभन्दा मान्छे वा जनावरबाट लिइने टिस्यु भल्भले राम्ररी काम गर्न सक्छ र धेरै समय टिक्छ। यस्तो भल्भ १०-१२ वर्षसम्म चल्छ।

‘सुरूमा त मलाई ब्राडलीको मुटुमा बाच्छाको भल्भ राख्ने कुरा सुनेर मलाई औडाहा भएको थियो। तर बाच्छाको भल्भ राखे ऊ बाँच्न सक्छ भनेपछि म राजी भएँ।’

यान्त्रिक भल्भ राख्दा रगत बाक्लो हुन सक्छ तर टिस्यु भल्भ राख्दा बिरामीले रगत पातलो बनाउने औषधी पनि खानु पर्दैन। डाक्टरको कुरा सुनेर सुरूमा २४ वर्षीया ग्रिफिथलाई सकसक लाग्यो। तर आफ्नो सन्तानलाई जोगाउन उनी जे पनि गर्न तयार थिइन्। उनले हुन्छ भनिन्। ‘सुरूमा त मलाई ब्राडलीको मुटुमा बाच्छाको भल्भ राख्ने कुरा सुनेर मलाई औडाहा भएको थियो। तर बाच्छाको भल्भ राखे ऊ बाँच्न सक्छ भनेपछि म राजी भएँ।’ पाँच महिनाको हुँदा गत जुलाईमा डाक्टरले ब्राडलीको छाती फेरि चिरे।

एउटा बाच्छाको भल्भ ल्याएर उनको मुटुमा जोडिदिए। अपरेशन गर्न डाक्टरलाई ६ घन्टा लाग्यो। त्यो छ घन्टासम्म उनको मुटुको साटो अर्को एउटा यन्त्रले काम गरेर उनको सास जोगाएको थियो। डाक्टरहरूले जोडिएको बाच्छाको भल्भले ब्राडलीको मुटुबाट अहिले रगत फालिरहेको छ। अहिले उनी दश महिनाका भए।

‘बाच्छाको भल्भ मान्छेको मुटुमा जोड्छ भन्ने हामीले सुनेका पनि थिएनौं, अहिले पनि हामीलाई यस्तो हुन्छ भन्ने पत्याउनै गाह्रो भइरहेको छ,

यसपालि उनले जीवनमै पहिलो पटक आफ्ना दुई दाइहरूसँग क्रिसमस र नयाँ वर्ष पनि मनाएका छन्। ‘बाच्छाको भल्भ मान्छेको मुटुमा जोड्छ भन्ने हामीले सुनेका पनि थिएनौं, अहिले पनि हामीलाई यस्तो हुन्छ भन्ने पत्याउनै गाह्रो भइरहेको छ,’ ग्रिफिथले भनिन्। त्यसो त ब्राडली ग्रिफिथको पेटमा हुँदै डाक्टरले उनलाई मुटुको समस्या छ। एबोर्सन गर्नुपर्छ भन्ने सल्लाह दिएका थिए। तर ग्रिफिथले मानिनन्।

‘उसको जीवनमा धेरै थोक भइसकेको छ। उ त लडाकु हो। गर्भवती हुँदा उसलाई फाल्नुपर्छ भन्ने मलाई कहिल्यै लागेन किनकी मलाई विश्वास थियो ऊ बाँच्नेछ,’

‘उसको जीवनमा धेरै थोक भइसकेको छ। उ त लडाकु हो। गर्भवती हुँदा उसलाई फाल्नुपर्छ भन्ने मलाई कहिल्यै लागेन किनकी मलाई विश्वास थियो ऊ बाँच्नेछ,’ ग्रिफिथले भनिन्। बच्चै बेलामा भल्भ फेरेकाहरूको फेरि भल्भ फेर्नुपर्ने सम्भावना एकदमै धेरै हुन्छ। ब्राडलीको पनि साढे दुई वर्षपछि फेरि भल्भ फेर्ने योजना डाक्टर बनाएका छन्।

प्रकाशित मिति January 14, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।