अष्ट्रेलियाले जनावरलाई हेलिकप्टरबाट खानेकुरा बाँड्दैै !

अष्ट्रेलियामा आग’लागीबाट जोगिएका जनावरलाई हेलिकप्टरबाट खानेकुरा बाँड्न थालिएको छ। सरकारले केही महिनादेखिको भीषण आगलागीमा जोगिएका रक वालावी प्रजातिका जनावरका लागि आलु र गाँजर हेलिकप्टरबाट खसालेको हो।

झन्डै १ हजार किलोग्राम आलु र गाँजर खसालिसकिएको उर्जा र वातावरण मन्त्री म्याट किन जानकारी दिएका छन्। ‘रक वालावीजस्ता खतरामा रहेका प्रजातिका जोगाउनका लागि हामीले यो रणनीति अपनाएका हौं,’ उनले सिएनएनसँग भनेका छन्।

सरकारको प्रारम्भिक अनुगमनमा कंगारूजस्तो देखिने रक वालावीको ठूलो संख्या आगलागीमा मारि’एको देखिएको छ।

‘आगलागीले उनीहरूको बासस्थान र चरन क्षेत्र खरानी बनाइदिएकाले बाँचेकाहरूले रक वालावीले खाना पाएका छैनन्। प्राकृतिक रूपमा उनीहरूको खाना तयार नभएसम्म हेलिकप्टरबाट खाना बाँड्ने काम जारी रहन्छ,’ उनले भने।

अष्ट्रेलियामा जारी आगलागीमा परी ५० करोड पशुपंक्षी मारिएको प्रारम्भिक विवरणहरू आएका छन्। महिना दिनभन्दा बढी बितिसक्यो तर अष्ट्रेलियाको आगो निभ्ने सुरसार छैन।

गत साता भने अष्ट्रेलियाबाट संसारलाई नै भावुक बनाउने तस्बिर आए। ती तस्बिर मान्छेका नभई आगलागीबाट म’रेका र बाँच्न सफल भएका वन्यजन्तुका थिए: ठूलो आ’गोको मुस्लोबाट भाग्न नसकेका र बाँचेकोमा एकअर्कालाई अंकमाल गरिरहेका जनावरका तस्बिर। जैविक विविधता विज्ञहरूका अनुसार आगला’गीमा परी यसपालि अष्ट्रेलियामा झन्डै ५० करोड बन्यजन्तु र पशुपंक्षी मा’रिएका छन्।

अहिले भइरहेको आ’गलागी अष्ट्रेलियाको इतिहासमै सबैभन्दा खतरनाक छ। आगलागीमा परी कम्तीमा १५ जना मानिसले ज्यान गु’माएका छन्, सयौं घर जलेर ध्व’स्त भएका छन्। लाखौं एकड जमिनका बिरूवा र पशुपंक्षी खरानी बनेका छन्। गर्मी चाँडै सकिनेवाला छैन।

केही दिनअघि दक्षिण पूर्वी अष्ट्रेलियाका हजारौं नागरिक र छुट्टी मनाउन गएकाहरूलाई आपतकालिन उद्धार गर्नुपर्‍यो। किनकी उनीहरू बसेको ठाउँलाई चारैतिरबाट आगोले घेरिसकेको थियो।

आगला’गीबाट देशको बाँकी भू-भागसँग सम्बन्ध टुटेका सहरका वासिन्दालाई पानी, खाना र इन्धन पुर्‍याउन सैनिक पानीजहाज र विमान परिचालन भएका छन्।

अहिलेसम्मकै बढी तापक्रम, लामो खडे’री र शक्तिशाली हुरीबतासको संयोजनले यसपालि अष्ट्रेलियामा आगोको वि’ध्वंश बढेको हो।

मध्य डिसेम्बरतिर तातो हावाको लहर लगभग अष्ट्रेलियाभरि चलेको थियो। यसपालि अष्ट्रेलिया तापक्रम ४१.९ डिग्री सेल्सियस मापन भयो। अष्ट्रेलियाको इतिहासमै यति धेरै तापक्रम कहिल्यै पुगेको थिएन। कुनैकुनै भागमा अहिले पनि तातो हावाको लहर चलिरहेको छ।

सेप्टेम्बर ९ मा क्विन्सल्याण्डका पहाडको प्रवेशद्वारमा रहेको बिना बुरा लज बुस फायरमा परी खरानी भएको थियो। उष्ण वनले घेरिएको लज जलेको र आगोको ज्वा’ला देखेर वैज्ञानिकहरूले चिसो र सिमसार क्षेत्रमा यस्तो आगो लाग्नु अस्वभाविक भएको बताएका थिए।

अहिले अष्ट्रेलिया ६ मध्ये चार प्रान्तमा आगो फैलिएको छ। सबैभन्दा बढी पूर्वी तटीय क्षेत्रमा धेरै प्रभाव परेको छ। नोभेम्बर पहिलो सातासम्म मात्रै १५ सय अग्निनियन्त्रकले न्यू साउथ वेल्सका ७० ठाउँका आगो निभाउन खटिएका थिए।

सिड्नीको आकाशमा कयौं दिनसम्म धुँवाको मुस्लो बसेर वायुको गुणस्तर संसारकै नराम्रो भएपछि सबै प्रकारका आगोमाथि प्रतिबन्ध लगाइयो।

प्रकाशित मिति January 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।