अष्ट्रेलियामा आगला’गी झनै भयावह, वर्षा नभएसम्म आगो रोक्न असम्भव

दक्षिण पूर्वी अष्ट्रेलियामा आकाशको रंग रगत जस्तै रातो देखिन थालेको छ । अष्ट्रेलियामा नयाँ वर्षको सुरुवात पनि यस्तै रातो रंग र चिन्ताबाट भएको थियो । सेप्टेम्बरदेखि जंगलमा लागेको आगोबाट कम्तीमा २८ जनाले ज्यान गु’माइसकेका छन् भने कम्तीमा दुई हजार भन्दा बढी घर ज’लेका छन् । अवस्था एकदमै डरलाग्दो छ ।

सुख्खा जंगल र तातो बतासले जंगलमा फैलिएको आगोलाई झन् भ’यावह अवस्था बनाउँदै लगेको छ । यो महिना सिड्नीको तापक्रम ४९ डिग्री पुगेको छ । २०१७ पछि न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा वर्षा कम भएको थियो । वर्षा कम हुँदै गएपछि कृषि उत्पादनलाई मात्रै असर गरेन, जंगलमा लागेको आगोलाई फैलाउन ठूलो भूमिका खेलेको छ ।

अष्ट्रेलिया गर्मी मौसममा सामान्यतया तातो र सुख्खा हुन्छ, तर मौसम परिवर्तनका कारण खडेरी र तातोपनको दायरा बढ्दै गएको छ । यस्तो अवस्थामा जंगलका झाडीहरु सबै सुकेर गए ।अहिले अष्ट्रेलियाको प्रत्येक राज्य आग’लागीबाट प्रभावित बनेको छ । तर सबैभन्दा बढी प्रभावित न्यू साउथ वेल्स छ । अष्ट्रेलियाका प्रमुख शहरहरू मेलबोर्न र सिड्नी पनि आगोले प्रभावित छन् ।

अष्ट्रेलियाको मौसम विभागका अनुसार २०१९ मा सबैभन्दा गर्मी रह्यो । अष्ट्रेलियाको तापमान १०१० पछि एक डिग्री सेल्सियसले वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

मौसम ब्यूरोकाअनुसार सन् १९५० पछि गर्मी बढ्न थालेको हो । डिसेम्बरमा दुई पटकसम्म तापक्रमले रेकर्ड तोडेको थियो । डिसेम्बर १७ मा औसत अधिकतम तापमान ४९ डिग्री सेल्सियस थियो । त्यस्तै अर्को दिन (डिसेम्बर १८)मा तापमान ४१.९ डिग्री सेल्सियस पुगेको थियो । २०१३ मा ४०.३ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगो निभाउन अपनाइएको विधिप्रति दुःख व्यक्त गरेका छन्
आगलागी र जलवायु परिवर्तनको सवालमा प्रधानमन्त्री स्कट मोरिसन नेतृत्वको सरकारले कडा आलोचनाको सामना गर्नु परेको छ । आइतबार प्रधानमन्त्री मोरिसनले भनेका छन्, ‘जमीनको सतहमा मैले धेरै चीजहरू राम्रोसँग चलाउन सक्छु ।’

विगत केही हप्तादेखि प्रधानमन्त्री स्कट मोरिसनले न्यू साउथ वेल्स र भिक्टोरिया राज्यको आगलागी प्रभावित क्षेत्रहरूमा भ्रमण गर्ने क्रममा विरोधको सामना खेप्दै आएका छन् । आगलागी प्रभावितको विरोधका कारण उनले आफ्नो भ्रमण बीचैमा रद्द समेत गर्नु परेको थियो । दुबै राज्य आगोले सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् ।

एक टेलिभिजन अन्तर्वार्ताको क्रममा मोरिसनले भने, ‘यी संवेदनशील परिस्थिति हुन्, धेरै भावनात्मक अवस्था हुन् । जनतासँग भेट गर्दा प्रधानमन्त्रको पनि भावनाहरू हुन्छन्, कमजोरीहरू हुन्छन् । ’ उनले जंगलमा लागेको आगो निभाउनका लागि गरिने प्रयासको बारेमा अनुसन्धान गर्ने बताए ।

आगलागीका कारण मुलुक गम्भीर संकटमा फस्दै गइरहेको समयमा छुट्टी मनाउन हवाईयात्रामा निस्किएपछि गत महिना प्रधानमन्त्री मोरिसनले ठूलो आलोचनाको सामना गर्नुपरेको थियो । प्रधानमन्त्रीप्रति जनताको आक्रोश बढेको देखेपछि उनी बीचमै फर्कनु परेको थियो ।

प्रधानमन्त्री मोरिसन सरकारमाथि जलवायु परिवर्तनको असर कम गर्न पर्याप्त कदम नचालेको आरोप लगाइएको छ ।

बीबीसीको सहयोगमा

प्रकाशित मिति January 12, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।