टिपरले किचेर ह’त्या प्रकरणः दिलिपको मुचुल्काबिनै श’व उठाउने इन्सपेक्टरमाथि ‘का’रबाही’

धनुषा २७ पुस- टिपरले कि’चेर ह’त्या गरिएका धनुषका दिलिप कुमार महतोको श’व मुचुल्काबिनै उठा’एपछि विवा’दमा ता’निएका इलाका प्रहरी कार्यालय, धनुषा ढल्केबर इन्सपेक्टर रामकुमार यादवलाई का’रबाहीस्वरुप जिल्ला तानिएको छ । शुक्रबार विहान अवैध उत्खननको वि’रोध गर्दा कु’टपि’टपछि टिपरले कि’चेर जनकपुर मिथिला नगरपालिका–५ श्रीपुर घर भएका २४ वर्षीय महतोको ह’त्या भएको थियो । महतोलाई टिपरले कि’च्नुअघि नै ह’त्या गरिएको आ’शंका छ।

इन्स्पेक्टर यादवमाथि स्थानीयले ठेकेदार र बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेर मुचुल्काविनै श’व उठाउने काम गरेको आ’रोप लगाएका थिए । महतोको श’व मुचुल्काविनै उठाएपछि इन्सपेक्टर यादव वि’वादमा तानिएका थिए । त्यसपछि विवा’दित बनेका इन्सपेक्टर यादवलाई आइतबार जिल्ला ता’निएको हो । उनमाथि थप छानबिन गरेर विभागीय का’रबाही हुन सक्ने प्रहरी स्रोतले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले भने उनलाई आन्तरिक कारणले जिल्ला ता’निएको बताए ।प्रहरीले महतोको ह’त्यामा संलग्न रहेको आरोपमा धनुषाका मिथिला नगरपालिका–५ का २७ वर्षीय क्रसर सञ्चालक विपीनकुमार महतो, वडा नम्बर–९ का ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो, महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर–२ का लोडर चालक जितेन्द्रकुमार महतो र मिथिला वडा नम्बर ५ का रोशन यादवलाई प’क्राउ परेका छन् ।

प्रकाशित मिति January 12, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।