‘संघीयताको मर्मविपरित मैले मेरै विरू’द्द मतदान गरें’

पाेखरा २७ पुस- आईतबार प्रदेश ३ को राजधानी तोक्ने क्रममा हेटौंडाको प्रस्तावको पक्षमा मतदान गरेका चौलागाईले मतदानपछि फेसबुक पेजमार्फत असन्तुष्टि पोखेका हुन् । नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद पशुपति चौलागाईले प्रदेश ३ को राजधानी तोक्ने क्रममा आफुले आफ्नै विरुद्ध मतदान गरेको बताएका छन् ।

चौलागाइले ‘मनमोहन अधिकारी, जननेता मदन भण्डारी जस्ता अग्रजले नेतृत्व गरि निर्माण भएको यो विशाल कार्यकर्ताको संलग्नता रहेको पार्टी हजारौंले वलिदानी गरेर शसस्त्र र शान्तिपूर्ण आन्दोलनका अनेक रूपहरूलाई प्रयोग गर्दै यहाँसम्म आईपुग्दा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको चरणमा आवश्यक पर्ने संरचनाहरू निर्माणको यो अभियानमा जनमत, संविधानको भावना, भूगोल, जनसंख्या, शसस्त्र र शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट प्राप्त संघीयताको मर्मविपरित आज मैले मेरै विरूद्द समेत मतदान गरेँ’ फेसबुकमा लेखेका छन् ।

चौलागाइले स्व.मदन भण्डारीको जीवनसाथी सम्माननीय राष्ट्रपति, झापा आन्दोलनको एक संस्थापक युग पुरूष प्रम तथा पार्टी अध्यक्ष र सशस्त्र विद्रोहका नायक पार्टी अध्यक्ष भएको वेलामा समेत मैले जनमतको भावनाको प्रतिनिधित्व गर्न नपाएको बताएका छन् ।

‘तत्कालीन मालेको पार्टी सदस्य एमाले हुँदैं ४० वर्षको राजनीतिक यात्रामा अनेकौं गल्ती कमजोरी भए होलान् तर जानेर र थाहा पाउँदापाउँदै गल्ती गरेँजस्तो लाग्दैन ! आज मलाई नेकपाको केस र प्रदेश सभा सदस्यको नाताले जे निर्णय गर्नुपरयो आफ्नै कामप्रति दुखित छु ।

काभ्रेमा प्रदेशको राजधानी राख्ने कुरामा मत दिन सकिन ! क्षमा चाहान्छु’, चौलागाईले दुख व्यक्त गर्दै क्षमा समेत मागेका छन् । ‘४० वर्षको यात्रा आफुमाथीको पार्टीको लगानी र आन्दोलनमा आफ्नो लगानी यसलाई नकार्न सकिन !’ चौलागाईले अन्त्यमा भनेका छन् ।

प्रकाशित मिति January 12, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।