यी ३ राशीका युवतीसँग बिहे गर्नुहोस् चम्किनेछ भाग्य !

आफ्नो जीवनसाथीका बारेमा राम्रा वा नराम्रा बानि जान्ने सबैको चाहना हुन्छ ।कतिपय अवस्थामा उनीहरुको राम्रो ब्यवहार वा पक्ष बुझ्न नसक्दा कहिलेकाहि सम्बन्धहरु टुट्न पनि सक्छ ।

यस्तोमा आफ्नो पार्टनरको राम्रो बानिका बारेमा जानि राख्नु उपयुक्त हुन्छ । राशी अनुसार वृष, सिंह र तुला राशिका युवतीहरु प्रेम, विवाह र सम्बन्ध निभाउन निकै माहिर हुन्छन् । त्यसैले यि राशिका युवतीसंग विवाह गरेमा पुरुषको भाग्य चम्किने बिश्वास गरिन्छ ।

वृष राशी
यदि कोहि युवतीको राशी वृष हो भने ती युवतीहरु मनका दयालु हुन्छन् । उनीहरु कसैलाई चोट वा आघात पुर्याउन चाहादैनन् । मन सफा हुने भएकाले वृष राशीका युवती आफ्नो श्रीमान्लाई धोका दिदैनन् । उनीहरु श्रीमानलाई धेरै माया गर्ने र भगवानमा आस्था राख्ने स्वभावका हुन्छन् ।

सिंह राशी
यदि कोहि युवतीको राशी सिंह हो भने ती युवतीहरु हरेक ढंगबाट उत्कृष्ट श्रीमती हुन्छन् । उनीहरु आफ्ना श्रीमानलाई कुनै कुरा पनि लुकाउँदैनन् ।हुनत सिंह राशीका युवतीहरु ठूलो सपना देख्दछन् तर उक्त सपना पुर्ण गर्न वा सफल पार्न हरदम लागी पर्दछन् । उनीहरु जीवनमा पैसासंगै प्रतिष्ठा समेत कमाउने क्षमताका मानिन्छन् ।

तुला राशी
यदि कोहि युवतीको राशी तुला हो भने ती युवतीहरु आफ्ना श्रीमान् प्रति निकै बफादार हुन्छन् । तुला राशीका युवती आर्कषक मुहार र जिउडालका समेत हुन्छन् । तर उनीहरुको सुन्दरताका बिषयमा खासै ध्यान हुदैन । उनीहरु जोसंग प्रेम गर्छन् उहिँसंग जिवन बिताउने चाहाना राख्दछन् ।

फिचर तस्बिरः गुगल

प्रकाशित मिति January 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।