अब चुप लाग्दैनन् दिलीपहरू, हजाराैँ दिलिपहरू बोल्नेछन्…..

मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षका ओमप्रकाश महतो (दिलीप)को आवाज निकालेकै कारण ह’त्या भयो। गिट्टी बालुवाको अ’वैध उत्खनन् र तस्करीले गाउँमा जोखिम बढीरहेको बुझेका दिलीपले त्यसको निरन्तर वि’रोध गरिरहेका थिए। ‘विरोध गरिरहे जिउमै टिपर कुदाइदिने’ध’म्की’ क्रसर मालिकले यथार्थ बनाइदिए। एउटा आवाज बन्द भयो।

उनै दिलीपलाई श्रद्धाञ्जली दिन शनिबार बेलुका माइतीघर मण्डलमा केही युवा जम्मा भए। उनीहरुले आवाज निकाले। सुन्न नचाहिएको आवाज। दिलीपको ह’त्याको विरोध गरे। न्यायको माग गरे। चित्त नबुझेको सरकारी शैलीलाई व्यंग्य गर्दै झकझकाउन खोजे।

आवाजको शक्ति भयंकर हुन्छ, यति भयंकर कि सुन्न नचाहानेहरु त्यसलाई द’बाउन जे पनि गरिदिन्छन्। ज्यानैसमेत लिइदिन्छन्। तर एउटा आवाज द’बाएर, आवाज निकाल्ने एउटा शरीर मा’रेर त्यो बन्द हुँदैन।

साँझको सिरेठोले माइतीघरलाई चिस्याइरहेको थियो। एक-दुई गर्दै झण्डै एक सय जनाजति युवा जम्मा भए। हातमा मैनबत्ती र केही प्लेकार्डसहित दिलीपको श्रद्धाञ्जलीमा सहभागी भए। हरेक दिनजसो केही न केही विरोधको स्वर सुनिरहेको माइतीघरले यसपटक हुनुनपर्ने कामको विरोध गरेर ज्यान गु’माएका दिलीपको आवाज सुन्यो।

‘म दिलीप हुँ, म बोलिरहेको छु। हामी सबै दिलीप हौँ नि, होइन त साथीहरू?’ मैनबत्ती बालेर दिलीपको श्रद्धाञ्जलीमा सहभागी एक युवक बोले। अरुले उसैगरी समर्थन गरे- ‘हो हामी सबै दिलीप हौँ, हामी बोल्छौँ अब मा’र हामीलाई।’

ओमप्रकाश महतो (दिलीप)

‘दिलीपको ह’त्यालाई बिर्सनौँ, उखान टुक्के राष्ट्रवाद मान्दैनौँ’, ‘क्रसर मालिक सरकारको मतियार टिपर भयो सरकारको हतियार’ जस्ता नारा लगाउँदै माइतीघरमा उनीहरुले सरकारको पनि विरोध गरे।

शुक्रबार टिपरबाट कि’चेर भएको ह’त्यामा संलग्न रहेको आ’रोपमा प्रहरीले शनिबार चारजनालाई पक्रा’उ गरेको छ।

प्रकाशित मिति January 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।