श्रीमान परदेशमा: अवै’ध गर्भ’बाट छोरी जन्मिएपछि ह’त्या, आमा प’क्राउ

राजविराज : सप्तरीमा सन्तानको ह’त्या आरो;पमा एक महिला पक्रा;उ परेकी छन्। जन्मिएलगत्तै शिशु ह’त्या गरेको आ;रोपमा रूपनी गाउँपालिका-३ की २५ वर्षीया उमादेवी शर्मा प’क्राउ परेकी हुन्।

ह’त्याको झण्डै एक महिनापछि प्रहरी अनुस;न्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले कर्तव्य ज्यान मु;द्दाको उजुरी दर्ता गरी थप अनुसन्धान थालेको एसपी कृष्ण प्रसाइले बताए। बालिका शिशु जन्मिएपछि ह’त्या गरिएको हुन सक्ने प्रसाइले बताए। ‘वास्तविकता परिक्षण गर्न आरो;पितलाई धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गर्न पठाइएको छ।’

रूपनी गाउँपालिका-३ हर्दियास्थित तिलेश्वर साहको पोखरीमा मङ्सिर २८ गते माछा मार्न स्थानीयवासीले हालेको जालमा बालिका शिशुको श’व फेला परेको थियो। अवै’ध गर्भबाट छोरी जन्मिएका कारण ह’त्या गरी फालिएको स्थानीयवासीले बताएपछि प्रहरीले अनुसन्धान थालेको थियो। दुई छोराकी आमा रहेकी आ’रोपितका श्रीमान वैदेशिक रोजगारका लागि मलेशियामा छन्।

प्रकाशित मिति January 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।