कम्मर दुख्नुका कारण र समाधानका उपाय यस्ता छन्

पाेखरा २६ पुस- दैनिक काममा खटिँदा मानिसमा ढाड अर्थात कम्मरको दु’खाइको अझ बढी महशुस हुन्छ । कम्मर, ढाड अर्थात् पिठ्यू जो शरीरको खम्बा हो । यसले पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ । कम्मरमा हुने लचकताले नै शरीर बलियो र लचिलो हुने गर्दछ । तर अधिकांश मानिस कम्मर दुखाईका कारण निकै असहज जीवनयापन बिताइरहेका हुन्छ । यस्ता समस्या भएमा यी तरिका अपनाउँदा कम्मर दुखाईबाट छुटकारा मिल्न सक्छ ।

किन दु’ख्छ कम्मर ?
कम्मर दु’ख्नुको मुख्य कारण भनेको मानिसको अव्यवस्थित जिवनशैली र खानपान नै हो । केहीमा शारीरिक रोग पनि हुनसक्छ । सामान्यतया कम्मरमा असर पर्ने काम गरेमा, धेरैबेर निहुरीएमा, अगाडि पछाडि धेरै झुकेमा, भारी सामान बोकेमा, गर्धन झुकाएर बसेमा र सुताई नमिलेमा कम्मर दुख्ने समस्या देखिन्छ ।

यसका अलावा एकैनासको बसाईमा सवारी चलाउँदा, मोटोपनाले गर्दा नसा च्यापिदाँ, उचाई अनुसार तौल नमिल्दा कम्मर दुख्ने गर्दछ । यसरी दुख्ने कम्मर कसैको बीच भागमा त कसैको दायँँ भागमा दुख्ने गर्छ । कम्मर दुख्दा खुट्टासम्म झमझम गर्ने र धेरै दुखेमा खुट्टाले टेक्न ग्रँहो समेत हुन्छ ।

कसरी कम गर्ने ?
कम्मर दुखाई हुन नदिन उचित आहार तथा जिवनशैली व्यवस्थित बनाउनु नै उत्तम उपाय हो । सकेसम्म दैनिक आधा घण्टा विश्राम गर्नुपर्छ । लामो समय काम गरे पछि केहि बेर आराम गर्नुपर्छ । असहज बसाईपछि हातगोडा तन्का’उने तथा केहि बेर हिडडुल गर्नुपर्छ । यसो गर्नाले ढाड, पाता, गर्धन र कम्मरका नसा सिधा हुन्छन् । चिकित्सकहरुका अनुसार केहीमा कम्मर दुख्ने स्वास्थ्यमा देखिने केही रोगहरुको लक्षण पनि हुनसक्छ । आराम गर्दा, दैनिक व्यायाम गर्दा पनि कम्मर दुख्ने समस्या समाधान भएन भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।

प्रकाशित मिति January 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।