आरनमा ५० वर्ष ‘- छोरा पाउनु मात्रै, बरु छोरीले हेर्छन्’

५२ वर्षको उमेरमा श्रीमती गु*माए । आगो, कोइला र फलामसँग खेल्दै उनले अनेक कुइँनेटा छिचोले । तीन छोरा र दुई छोरी आ–आफ्नो घरगृहस्थी सम्हाल्न पुगे । उमेरले ७० टेकेका उनीसँग सम्पत्तिका नाममा दुई सुर्का पाखोबारी छ । घन ठटाउने ताग’त घटिसक्यो, खेतीपाती परकै कुरा भयो । पर्वतको लाङ्दीबाट उनको परिवार कास्कीको घलेल सर्‍यो ।

उनकाे जिवन कहिले पर्वत त कहिले घलेल ओहोरदोहोर गर्दै हुर्किए । १९ वर्षको उमेरमा गाउँकै सुकमायालाई भित्र्याए । बिहेपछि फौजमा भर्ती हुन दिल्ली पुगे । भर्तीमा फालिएपछि गाउँ फर्किएर बाबुबाजेको पेसा थामे । आरनको सीप उनले बाल्यकालदेखि नै सिकेका थिए । गाउँभरिकाले बाली दिँदा खानलाउन पुग्थ्यो । छोराछोरी भए । सुकमायालाई क्या’न्सरले च्या’प्यो । माइलो छोरा मनबहादुर र जेठी छोरी रामकुमारीले उपचार गर्न भारत लगे । सुकमायाले उतै दे’ह त्या’गिन् ।

आमा बित्नु वर्ष दिनअघि कतार गएका जेठा छोरा रामप्रसादसँग ललितबहादुरको न भेटघाट छ, न त छोराको अवाज नै सुन्न पाएका छन् । १५ वर्ष भयो उनी बुवालाई सम्झिएर घर नफर्केको । रामले श्रीमती र दुई छोरालाई पोखरामै राखेका छन् । छोरासँग ठा’कठुक परेको ललितबहादुरलाई सम्झना छैन । तर, जेठो छोरा कतारबाट पोखरा आउँछन्, दुई घण्टा परको घलेलमा भएका बुबालाई भेट्न पुग्दैनन् । दुई नाति भने कहिलेकाहीँ पुग्छन् ।

भारतको हिमाञ्चल प्रदेशमा मजदुरी गर्ने माइला र कान्छो छोरा भेट्न नआएको पनि ९–१० वर्ष पुग्यो । फोन पनि गर्दैनन् । ‘छोराहरूले फोन पनि गर्दैनन् । टाढाबाट पैसा धेरै लाग्छ भन्थे,’ उनले भने, ‘जति खर्च भए पनि बा सम्झेर फोन गर्नुपर्ने हो ।’ फोनै नगर्ने छोराहरूले खर्चपानी हेर्ने कुरै भएन । उनलाई सम्झने भनेको कान्छी छोरी बुद्धिकुमारीले हो । उनी बिहे गरेर हेमजा मिलनचोकमा बस्दै आएकी छन् । दिनमा एकफेर बालाई फोन गर्छिन् ।

चाडबाडमा माइत आउँछिन् । ज्वाइँ विदेशबाट आउँदा धेरथोर खर्च दिन्छन् । ‘छोरा पाउनु मात्रै भयो, बरु छोरीले हेर्छन्,’ रित्तो घरतिर हेर्दै उनले भने, ‘छोरा जन्माइयो, हुर्काइयो, २/४ कक्षा पढाइयो । अहिले आफ्नो नोकरी गर्ने भए, मलाई हेरेनन् ।’ एक्लै बस्नुपर्दा उनको मनमा नानाथरी कुरा खेल्छन् । एक्लै पकाउ, खाउ । आरन बिसाउँदा खाजा बनाएर खुवाउने श्रीमती छैनन् । बिरामी पर्दा बोकेर लैजाने छोराछोरी छैनन् । एकाबिहानै हजुरबालाई उठाउन नातिनातिना आउँदैनन् । पनाति पनातिनीका तोतेबोली सुन्नै पाएनन् तर घरका चार भित्ताभित्र छ त केवल सन्नाटा मात्रै ।

‘उमेर छँदा श्रीमती नभए पनि हुँदोरै’छ,’ रसाएका आँखा, अवरु’द्ध गलामा उनले भने, ‘यही बेला रै’छ, बूढाबूढी चाहिने ।’ महिलालाई भन्दा पुरुषलाई बुढेसकाल काट्न गाह्रो हुने उनको अनुभव छ । ‘बूढी हुन्थी भने छोराछोरी लाइनमा बस्थे होलान्, आयआर्जन हुन्थ्यो, छरछिमेक पनि खुसी हुन्थे होलान्,’ उनी भन्छन्, ‘कोही नहुँदा घरमा आगो निभ्यो’

स्थानीयले हसियाँ अर्जापेको १५–२० रुपैयाँ दिन्छन्, ओदानको खुट्टा जोडेको ५० रुपैयाँ । त्यतिले उनलाई घर खर्च चलाउन हम्मे–हम्मे पर्छ । तीन–तीन महिनामा पाउने वृद्धभत्ताले भरथेग गरेको छ ।

घलेलमै खेतीपातीको चलन घट्यो । कोदो, मकै लाउँदैनन् । धेरैजसो जमिन बाँझो छ । गाउँमा रेमिट्यान्स पसेको छ । अन्न बजारबाटै जान्छ । ‘डिंगा पाल्न पनि छोडे, गोबर मल नभई खेती हुन्नँ,’ ललितबहादुर भन्छन्, ‘मल नपुगेर हो कि खेती नगरेका ।’

खेती नभएपछि उनीसँग आउने काम पनि घटेको छ । खेतीपातीलाई चाहिने बाउसो, आँसी, फालीजस्ता औजार बनाउन कमै आउँछन् । कम काम आएपछि उनको आम्दानी पनि घटेको छ । ग्राहकले पहिला बाली दिँदा खानलाउन पुग्थ्यो । तीन खाल मकै, दुई–चार मुरी कोदो हुन्थ्यो । उभ्रेको बेच्थे पनि । त्यसैले चोखिन, मरमसला, लत्ताकपडा जोड्थे । पोहोरबाट गाउँलेले बाली दिन छाडे ।

बाली बुझ्दा काम जति भए पनि सबै घरबाट उत्तिनै अन्न पाउँथे । नगद बुझ्दा काम गरेअनुसार पाउँछन् । ‘खेतीपाती धेरै हुन्थ्यो भने औजार बनाउन पनि धेरै आउँथे, आम्दानी पनि धेरै हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले काम थोरै आउनी भएर खानलाउनै धौ छ । कसैले बाँकी राख्छन् । मिहिनेतअनुसार पाउँदिनँ ।’ घलेल र सिदिङबाट आउने स्थानीयले हसियाँ अर्जापेको १५–२० रुपैयाँ दिन्छन्, ओदानको खुट्टा जोडेको ५० रुपैयाँ । त्यतिले उनलाई घर खर्च चलाउन हम्मे–हम्मे पर्छ । तीन–तीन महिनामा पाउने वृद्धभत्ताले भरथेग गरेको छ ।

प्रकाशित मिति January 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।