ट्यांकरको भन्दा पनि खराब, जारको पानी- अध्ययन

पाेखरा २४ पुस- काठमाडौंमा ट्यांकरको पानीभन्दा जारको पानी असुरक्षित रहेको अध्ययनबाट खुलेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले विभिन्न समयमा गरेको अध्ययनले ट्यांकरको पानीमा भन्दा जारको पानीमा धेरै कोलिफर्म ब्याक्टेरिया हुने गरेको देखाएको हो ।

गत वर्ष नास्टको वातावरण तथा मौसम अध्ययन प्रयोगशालाको लागि सुजन महर्जन, टिस्टा प्रसाईं जोशी, सुजनमान श्रेष्ठको टोलीले गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययनले सूक्ष्म जीववैज्ञानिक दृष्टिले हेर्दा काठमाडौं उपत्यकामा उपभोग हुने पानीको ६६ प्रतिशत प्रदूषित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

मुना संकलन गरिएको पानी मध्ये ९२ प्रतिशत जारको पानीमा, ७७ प्रतिशत ट्यांकरको पानीमा, ६९ प्रतिशत प्रशोधित पानी र २० प्रतिशत बोटलको पानीमा तोकिएको मापदण्डभन्दा धेरै क्लोरिर्फम भेटिएको हो । नास्टले नै २०१७ मा गरेको अर्काे अध्ययनले समेत जारको पानीमा धेरै हानिकारक तत्वहरु रहेको औल्याएको थियो । त्यतिबेला नास्टका वरिष्ठ वैज्ञानिक डा. भोजराज पन्तको नेतृत्वमा अध्ययन भएको थियो । गत वर्ष प्रसाईंको नेतृत्वमा सो अध्ययन भएको हो ।

प्रकाशित मिति January 9, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।