घट्यो सुनचाँदीको मूल्य

पाेखरा २४ पुस- बिहीबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । बुधबार ७६ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज हजार रुपैयाँले घटेर प्रतितोला ७५ हजार ५ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै बिहीबार छापावाल सुनको मूल्य पनि घटेको छ ।

बुधबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७५ हजार २ सय निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। बुधबार प्रतितोला ९ सय २० रुपैंयामा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला ९ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

याे पनि.
भोलि सार्वजनिक विदा छ की छैन? गृहले दियाे यस्ताे आधिकारिक जानकारी!

भोलि बिहीबार सार्वजनिक विदालाई लिएर जनतामा अन्याैलता छाएकाे बेला गृह मन्त्रालयले प्रष्ट पारेकाे छ। गृहले किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) परेकाले उक्त समुदायलाई मात्र विदा रहेकाे प्रष्ट पारेकाे हाे। धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन । गृह मन्त्रालयले २०७५ चैतमै जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन किरात समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक विदा हुने उल्लेख गरेको छ ।

बिहीबार सार्वजनिक विदा हो वा होइन भनेर झुक्किने धेरै भएपछि हामीले गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीलाई सोध्यौं – धेरै क्यालेन्डरहरुमा रातो चिह्न लागेको छ, सरकारी विदा छ कि छैन । उनले भोलि विदा नरहेको स्पष्ट पारे । ‘सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक होइनन्, भोलि सार्वजनिक विदा दिइएको छैन’ उनले भने ।

प्रकाशित मिति January 9, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।