अक्षय कुमारविरु’द्ध प्रहरीमा उ’जुरी

बलिउड चर्चित अभिनेता अक्षय कुमारविरुद्ध प्रहरीमा उ’जुरी परेको छ । विज्ञापनका कारण उनीविरु’द्ध प्रहरीमा उजुरी परेको हो । विज्ञापनका कारण अभिनेता अक्षयविरुद्ध मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको छ ।

उनीमाथि मराठी समुदायको भावनामा चोट पुर्‍याएको आ’रोप लगाइएको छ । अक्षयले हालै एक लुगा धुने पाउडर (डिटरजेन्ट) को विज्ञापनमा अभिनय गरेका थिए । उक्त विज्ञापनमा उनी मराठी भूमिकामा देखिएका छन् । युद्धबाट फर्केका राजा र सेनाको स्वागत हुन्छ । त्यतिबेला एक योद्धाकी पत्नीले योद्धाको लुगा फोहोर भएको गुनासो गर्छिन् । त्यसपछि राजा र सेनाले आफ्नो लुगा धोइरहेको देखाइन्छ ।

विज्ञापनमा अक्षय राजाको रूपमा नाच्दै बाल्टिनमा लुगा धोइरहेको देखिन्छन् । जुन किसिमले बिज्ञापन प्रस्तुत गरिएको छ त्यसले मराठी समुदायको आत्मसम्मानको अपमान गरेको पनि बताईएको छ। यस बिषयलाई लिएर अक्षयले कुनै प्रतिक्रिया जनाएका भने छैनन। स्राेतः नेपाल अाज

प्रकाशित मिति January 9, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।