गोल्डेन ग्लोब २०२० को रेड कार्पेटमा प्रियंका चोपडाको बोल्ड लुक (फोटोफिचर)

सबैभन्दा ठूलो हलिउडको अवार्ड शोमध्ये एक ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका चोपडा पनि देखिएकी छिन् । प्रियंका गुलाबी रङको अफ शोल्डर गाउनमा पनि निकै आकर्षक देखिएकी थिइन् । क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा आयोजित ‘गोल्डेन ग्लोबल’ अवार्डको ७७ औं एडिशनमा सबै सेलिब्रिटी आफ्नो स्टाइलिश अवतारमा देखिए ।

प्रियंकाले यो गुलाबी पहिरनमा हिराको हार लगाएकी थिइन् । प्रियंका लामो समयपछि फिल्म ‘द स्काइ इज पिंक’ मा देखिएकी छिन् जसमा उनीसँगै जायरा वसिम र फरहान अख्तर पनि थिए । प्रियंका निकसँग प्रि–गोल्डन ग्लोब पार्टीमा पनि उपस्थित थिइन् ।

हेर्नुहाेस् उनका केहि तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः
हिमेश रेशमियाले दिएका थिए दीपिकालाई पहिलो ब्रेक, म्युजिक भिडियो हेरेर शाहरुखले अफर गरेका थिए ‘ओम शान्ति ओम’

दीपिका पादुकोणले ५ जनवरीमा आफ्नो ३४ औं जन्मदिन मनाइरहेकी छिन् । दीपिका आजकाल आफ्नो नयाँ फिल्म ‘छपाक’ का कारण चर्चामा छिन् जसमा उनी एक एसिड पीडितको भूमिकामा देखिएकी छिन् । राष्ट्रिय स्तरको ब्याडमिन्टन खेलाडी हुँदासमेत उनले मोडलिङको बाटो पछ्याइन् । थुप्रै वर्षसम्म मोडलिङ गरेपछि उनी फिल्ममा आइन् । दीपिकाले सन् २००६ मा कन्नड फिल्म ‘ऐश्वर्या’ मार्फत् फिल्मी दुनियाँमा कदम राखेकी थिइन् ।

यस्तै, सन् २००७ मा उनले ‘ओम शान्ति ओम’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । तर यसअघि उनी एक म्युजिक भिडियोमा देखिएकी थिइन् जसका कारण उनले ‘ओम शान्ति ओम’ फिल्ममा अभिनयको अफर पाइन् र बलिउडमा आफ्नो भिन्न स्थानमा बनाउन सफल भइन् ।

हिमेशले दिएका थिए ब्रेकः ‘ओम शान्ति ओम’ अघि दीपिकालाई फिल्म इन्डष्ट्रिमा ठूलो ब्रेक दिने व्यक्ति हिमेश रेशमिया थिए । उनले दीपिकालाई आफ्नो म्युजिक भिडियो ‘नाम हे तेरा’ मा कास्ट गरेका थिए । हालै जब दीपिका आफ्नो फिल्म ‘छपाक’ को प्रोमोशनका लागि ‘इन्डियन आइडल ११’ मा पुगिन् तब उनले हिमेशलाई पहिलो ब्रेक दिएकोमा धन्यवाद भनिन् । दीपिकाले भनिन्, ‘फराह खान र शाहरुख खानले ‘नाम हे तेरा तेरा’ म्युजिक भिडियो हेरेपछि नै मलाई उहाँहरुको फिल्ममा कास्ट गर्नुभएको थियो । त्यसकारण म हिमेश सरलाई यो मौका दिएकोमा धन्यवाद दिन्छु ।’

हिमेशले गरे दीपिकाको तारिफः इन्डियन आइडल ११ मा निर्णायकको रुपमा देखिएका हिमेशले दीपिकाको सफलतामाथि खुसी जताउँदै भने, ‘दीपिकाको समर्पण र दृढ निश्चयले नै आज उनी सबैको मनपर्ने नायिका बनेकी छिन् । यो गीतको अडिशनका लागि धेरै युवती आएका थिए तर दीपिका तीमध्ये उत्कृष्ट थिइन् त्यसकारण उनले त्यो मौका हासिल गरेकी थिइन् । ’

प्रकाशित मिति January 6, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।