जापानी महिलाहरुकाे छाला राम्रो र गोरो कसरी ? जान्नुहाेस्

पाेखरा १९ पुस- मानिसहरु गाेराेपना र मुलायम छालाकाे लागि धेरै थरीका फेयरनेस क्रिमहरु प्रयाेग गर्छन् । यस्ता क्रिमहरुले त्यति मानिसहरुलाइ एकैछिनकाे लागि गाेराे देखाएपनि त्यसले विभिन्न साइड इफेक्ट पनि गर्न सक्छ । जापानकाे एक यस्ताे परम्परागत घरेलु विधि यस्ताे छ कि त्यसलाइ अपनाएमा तपाइले कुनै पनि फेयरनेस क्रिमहरुकाे प्रयाेग गरिराख्नु पर्दैन ।

हुनत जापानका मानिसहरु जन्मजात नै गोरो हुन्छन् तर यसको बाबजुद पनि जापानी महिलाहरु आफ्नो छालालाई मुलायम र चम्किलो बनाउनको लागि चामलको पेस्ट बनाएर प्रयोग गर्छन् । चामलमा पाइने एन्टिअक्सिडेन्ट छालाको साथसाथै कपाललाई पनि स्वस्थ राख्न उपयोगी हुन्छ । जापानी महिलाहरुले चामलको प्रयोग गरेर आफ्नो छाला राम्रो र गोरो कसरी बनाँउथे त ?

यस्ता छन् उपायहरुः

१. चामलको पानीलाई कपासको मद्धतले अनुहारमा लगाउनुृहोस र दश मिनेट पछि धुनुहोस् । यसले छाला चाउरी पर्नबाट रोक्छ । २. चामलको पानीमा कागतीको रस, दहि मिलाएर कपालमा लगाउनाले कपालको चमक बढ्छ । ३. चामलको माडलाई कपालको जरामा लगाएर मालिस गर्नुहोस् र आधा घन्टा पछि पखाल्नुहोस् । यसले कपाल छिटो बढ्छ ।

४. भिजाइएको चामल पिसेर यसमा थोरै बेकिङ सोडा मिलाएर अनुहारमा लगाउनुहोस । यसले तपाईको अनुहार गोरो हुन्छ । ५. चामल पिसेर बनाइएको पेस्ट महमा मिलाएर अनुहारमा लगाउनाले घामले डढेको कालो हट्छ र छालाको चमक बढ्छ । ६. चामलको पिठोमा गोलभेडा पिसेर मिसाइ अनुहारमा लगाउनुहोस र सुकेपछि धुनुहोस् । यसले रगत निर्खाछ र अनुहार राम्रो बनाँउछ ।

याे पनि पढ्नुहाेस्ः
हाडजोर्नी दुखाइको अचुक औषधि जाइफल, यसरी गर्नुस् प्रयोग

सामान्यतया जो केहिलाई पनि चिसोको समयमा हाडजोर्नीको समस्या हुने गर्दछ । बढ्दो उमेरका मानिसहरुलाई क्याल्सियमको कमीका कारण जोर्नी दुख्नु सामान्य कुरा हो । तर मानिसहरु यस्ता दुखाई कम गर्नका लागि विभिन्न औषधिको प्रयोग तथा पेनकिलरको सहायता समेत लिने गर्छन ।

जोर्नी दुखाईको समस्याबाट छुटकारा पाउनका लागि आफ्नै किचनमा प्रयोग हुने बस्तुको प्रयोग गर्न सकिन्छ त्यो हो जाइफल, जसको प्रयोगले जोर्नीको दुखाई सजिलै कम गराउछ । जाइफलमा प्रचुर मात्रामा क्याल्सियम र फस्फोरस तत्व पाइन्छ जुन हाडजोर्नीका लागि अति नै उपयोगी मानिन्छ । विशेषगरी यसले हरेक किसिमको जोर्नी दुखाई कम गर्न मदत पुर्याउछ ।

यसको प्रयोगका लागि सर्वप्रथम जाइफललाई राम्रोसंग पिसेर पाउडर बनाउने । हरेक दिन बिहान मनतातो पानीमा यस पाउडर मिसाई नियमित सेवन गरेको खण्डमा हाडजोर्नी दुखाईलाई कम गर्दछ । यसका अतिरिक्त तिलको तेलमा जाइफलको पाउडर राखी हल्का मनतातो बनाई दुखेको ठाउँमा लगाउनाले पनि यसबाट लाभ उठाउन सकिन्छ ।

प्रकाशित मिति January 4, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।