पुर्वराजासँग झ‘स्किए प्रचण्ड, मनौवैज्ञानिक द‘वाव दिएको आ‘रोप

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्वराजा ज्ञानेन्द्र शाहलाई अप्रत्यक्ष रुपमा शक्ति संकलन गरेको आरोप लगाएका छन् । उनले काठमाडौँमा शनिबार आयोजित अन्नपूर्ण–काठमाडौँ समाजको साधारण सभामा पुर्वराजाप्रति कटाक्ष गरेका हुन् ।

उनले पहिले गुमेको स्वर्ग फिर्ता लिन हिजोका राजा महाराजाहरू दश गुना बढी शक्ति लगाउँछन् रे क्या भन्दै ठट्यौली शैलिमा प्रस्तुत भए । उनले भने, ‘जनता जागिसकेपछि नपत्याउँदा नपत्याउँदै श्रीपेच पनि खोसेर फालिन्छ ।’ उनले पुर्वराजाले मनौवैज्ञानिक दवाव दिईरहेकोले सजग हुन आग्रह गरे ।

उनले भने, ‘परिवर्तनका नायकहरूलाई राजा महाराजाहरूले कुनै न कुनै रूपमा मनोबैज्ञानिक दवाव दिइरहेकोले सजक हुन जरूरी छ ।’ दुई पटक देशको प्रधानमन्त्रीसमेत बनेका प्रचण्डले आफूले चाहेको जति देशलाई गर्न नसकेको पनि बताए । उनले आफ्नो बाँकी जीवन विकास र समृद्धिमा केन्द्रीत रहने बताएका छन् ।

उनले देशका लागि जे गर्ने सपना थियो त्यो पूरा हुन नसकेको पनि बताए । उनले भने, ‘ मैले दुई पटक देशको प्रधानमन्त्री सम्हाल्ने मौका प्राप्त गरेँ । तर मैले जे सपना नेपालकै लागि यत्ति चाहिँ मैले गर्न सक्छु र गर्न पर्छ भन्ने ठानेको हो त्यो गर्न सकेको छैन ।’ उनले आफूले देशकोलागि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

याे पनि पढ्नुहाेस्ः
डा.आशा सिंह : मधेशी समुदायबाट पहिलो महिला एआइजी बन्ने

नेपाल प्रहरीको प्राविधिकतर्फको एआइजीमा डा. आशा सिंहको बढुवा सिफारिश भएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिश गरेको हो । प्रहरी प्रधान कार्यालयले सूचना जारी गरी बढुवा सिफारिशको जानकारी दिएको हो । नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाडौंमा दरबन्दी भएकी सिंहले ७४.७२३७ अंक प्राप्त गरेकी थिइन् । सिंह मधेशी समुदायबाट प्रहरीको एआइजी पदमा पुग्ने पहिलो महिला बन्नेछिन् ।

प्रकाशित मिति January 4, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।