हिट भयो अक्षय कुमारको ‘गुड न्यूज’, ७ दिनको कमाइ कति ?

बलिउड चर्चित अभिनेता अक्षय कुमारको कमेडी फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा सफलता हासिल गरिरहेको छ । यस फिल्मले एक हप्तामा १ सय २७ करोड ९० लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् । फिल्मले पहिलो हप्तामा आक्रामक व्यापार गरेको छ ।

यस फिल्मले पहिलो दिन १७ करोड ५६ लाख कमाइ गरेको थियो । यस्तै शनिवार २१ करोड ७८ लाख कमाएको थियो । फिल्मले हप्ताभरमा उत्साहजनक व्यापार गरेको हो । यो फिल्मले बिहीवार मात्र १० करोड ८० लाख भारु कमाइ गरेको थियो ।

यस फिल्मले यो हप्ता पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यो फिल्मले सफलता पाउँदा सलमान खानको फिल्म ‘दबंग ३’ को व्यापार कम भएको थियो । ‘गुड न्यूज’ मा अक्षय कुमार, कियारा, करीना कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ । यो फिल्मले यो हप्ता २ सय करोड कमाउने आँकलन गरिएको छ ।

प्रकाशित मिति January 4, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।