“ब्लड ग्रुप”बाटै यसरी थाहा हुन्छ मानिसको स्वाभाव

पाेखरा १९ पुस- मानिसको फरक–फरक रक्त समुह हुने गर्दछ । रक्त समुहमा ओ, ए, बी, एबी हुन्छन् । यसमा पोजिटीभ र नेगेटीभ हुने गर्दछ । एक जापानि सस्थाले गरेको अनुसन्धान अनुसार भिन्न रक्त समुह अनुसार मान्छेको ब्यत्तित्व पनि फरक फरक हुन्छ । कुन रक्त समुह भएको मानिसको स्वभाब कस्तो हुन्छ भन्ने बारे जानौ ।

समुह (ओ) : यो रक्त समुहका मानिसहरु नेतृत्व गर्न चाहन्छन । यिनिहरुलाई जे देख्यो त्यही चहिने स्वभाब हुन्छ । र सफलता नपाउन्जेल सम्म प्रयास जारी राख्ने बानी हुन्छ । नेतृत्व गर्ने बानी, बफादार, कामुक र आत्माबिश्वास यो रक्त समुहका मानिसको ब्यत्तित्व हो । यो रक्त समुहको मानिसको कमजोरी भनेको घमन्डीपन, अरुको रिस गर्ने बानी हुनु हो ।

समुह (ए) : यो रक्त समुहका मानिसहरु सद्भाब, शान्ती र संगठन मन पराउछन । अरुसँग मिलेर राम्रोसँग काम गर्न सक्ने खुबी हुन्छ । यो समुहका मानिसहरु सम्बेदनशील, स्नेही, दयालु ब्यत्तित्वका हुन्छन । यो रक्त समुहका मानिसहरुको कमजोरी भनेको हठी हुनु र चुपलागेर बस्न नसक्नु नै हो ।

समुह (बी) : यो रक्त समुहका मानिसहरु केही फरक ब्यत्तित्वका हुन्छन । जस्को आफ्नै फरक बाटो हुन्छ, र हरेक काम आफ्नै तरिकाले गर्छन् । यो समुहका मानिसहरु रचनात्मक र लचिलो स्वभाबका हुन्छन । र जस्तो सुकै बातावरणमा समायोजित हुनसक्छन । तर यो समुहका मानिसको स्वतन्त्र ब्यत्तित्वले उसलाई कहिलेकही परिस्थिती भन्दा निकै टाढा पुर्याउँछ ।

समुह (एबी) : यो रक्त समुहका मानिसहरुको ब्यत्तित्व निकै शान्त र नियन्त्रित हुन्छ । सबैले मन पराउने स्वोभाबले कसैको आँखामा गढ्दैनन । बिनम्र, मनोरन्जनात्मक र निस्पक्ष यो समुहका मानिस हरुको ब्यत्तित्वको प्राकृतिक हो । तर यो रत्त समुहका मानिसहरु केही बोधो दिमागका र चिसो प्रकृतीका हुन्छन, र आफ्नो निर्णयले कहिलेकही आँफै अप्ठ्यारोमा पर्छन ।

प्रकाशित मिति January 4, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।