पौष महिनामा भगवान सूर्यको उपासना गर्दा मिल्नेछ यस्तो लाभ

पाेखरा १८ पौष- पौष महिनालाई सूर्य देवको पूजाका लागी विशेष मानिन्छ । धार्मिक मान्यता अनुसार यस महिनामा सूर्यमा समर्पित रहन्छ। यस महिनामा सूर्यको पूजा उपासना गर्नुपर्ने शास्त्रहरुमा उल्लेख गरिएको छ। सूर्य भगवानको पूजा गर्नाले के फल मिल्छ ?

धन फिर्ता हुने– पौष महिनामा रोकिएको धन प्राप्त गर्न सूर्य उदय हुनु अघि उठेर स्नान गरी फिक्का रातो रंगको कपडा पहिरीएर १०८ पटक सूर्य मन्त्रको जप गर्नुपर्छ । यसरी मन्त्र जप गर्दा रुद्राक्षको मालामा गर्नुपर्छ । तामाको अम्खरामा पानि भरेर २७ पटक ॐ मन्त्रको जप गरेपछि उक्त पानीलाई घरका सबैभागमा छर्कनु पर्दछ । २७ दिनसम्म यसो गर्नाले तपाईको रोकिएको धन फिर्ता हुनेछ ।

सूर्य मंत्र – ॐ घृणि सूर्याय नमः जागिर पाइने विश्वास- बिहान छिटो उठेर स्नान गरी सूर्य देवलाई तामाको अम्खरामा भरिएको पानीमा सख्खर मिसाएर रातो रंगको कपडा पहिरीएर सूर्यलाई अर्घ दिई, अर्घ दिइएको स्थानलाई ३ पटक परिक्रमा गर्ने ।

साथै आइतबारको दिन बिहानै तामाको भाडामा सख्खर र रातो कपडा राखी त्यसलाई दान गर्ने । सधैँ आफ्ना आमाबुवाको चरण स्पर्श गरी दैनिक जीवनमा भएका जानअन्जान गल्तिको माफी माग्नाले जीवनमा सफलता मिल्ने तथा सौभाग्यको अवसर मिल्नेछ ।

याे पनि पढ्नुहाेस्ः
तपाईको हातमा पैसा टिक्दैन ? ४ उपाय जसले बर्सनेछ लक्ष्मीको कृपा

धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद सफल भइरहनु भएको छैन ? वा तपाईको हातमा पैसा टिक्दैन ? यी अनेकौ समस्या भोगिरहनु भएको छ भने तपाईलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ । लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै धनसम्पति, रुपैयाँ पैसाको अभाव हुँदैन । यस्तोमा देवि लक्ष्मीलाई प्रसन्न पार्ने केही उपायहरु जानकारी दिँदैछौ, जसले तपाईलाई सहज रुपमा लक्ष्मीको कृपा बर्षन सुरु हुन्छ ।

१. महिलाको आदर- बिभिन्न शास्त्र र मान्यता अनुसार जुन घरमा महिलाको आदर हुँदैन, उक्त घरमा लक्ष्मकिो कृपा हुँदैन । देवी लक्ष्मी ति घरमा मात्र प्रवेश गर्नुहुन्छ, जहाँ महिलाको सम्मान र आदर हुन्छ । तसर्थ घरमा भएका महिला आफन्तहरुलाई हमेशा आदर गर्नुहोस् । उनीहरु रिसाएका छन् भने तत्काल मनाउने वा प्रसन्न पार्ने प्रयाश गर्नुहोस् । अक्सर पति पत्नीबीच हुने मनमुटावका कारण पनि लक्ष्मीको कृपा हुँदैन ।

२. शुक्रवार ब्रत- शुक्रवारलाई भगवान् लक्ष्मीको दिनका रुपमा मानिन्छ । यस दिन लक्ष्मीको पूजाअर्चना वा उपासना गरे लक्ष्मी प्रसन्न हुने र मनोवाञ्छित फल दिने धार्मिक विश्वास छ । शुक्रवारका दिन बिहान सबेरै उठेर नुहाईधुवाई गरी पवित्र मनले माता लक्ष्मीको पूजा गरी श्रद्धापूर्वक प्रसाद वा भोग चढाएमा लक्ष्मीको कृपा बर्षन शुरु हुन्छ ।

३. कुंडलीमा शुक्र- जो ब्यक्तिको कुण्डलीमा शुक्र ग्रहको स्थिति मजबूत घरमा हुन्छ उनै ब्यक्ति प्रति माता लक्ष्मीको कृपा हुने गर्दछ । ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सुख/समृद्धिका रुपमा मानिन्छ । शुक्र ग्रह कमजोर हुने ब्यक्तिलाई घरमा आर्थिक समस्या परीरहने हुन्छ । यदि यस्तो भएमा मयुरको प्वाखँ घरमा राखेमा शुक्र मजबूत हुन जान्छ र लक्ष्मीको कृपा बर्षन थाल्छ ।

४. वास्तु दोष- यदि घरमा कुनै वास्तुदोष छ भने पनि उक्त घरमा लक्ष्मीको कृपा हुँदैन । यस्तोमा वास्तुदोष भएका घरमा आएको धन पनि नासिएर वा खर्च भएर जाने हुन्छ । वास्तुशास्त्रमा घरको दिशा कस्तो हुनुपर्छ भनि मार्गदर्शन गरीएको छ । जसमा घरका कोठा, भान्सा, शौचालय लगायतका कोठा कुन दिशामा हुनुपर्छ जनाइएको हुन्छ । तसर्थ वास्तु नियम पालन गरी घर निर्माण गरेमा वा निर्माण सम्पन्न भएको घरमा पनि वास्तुको पालना गरेमा लक्ष्मी प्रसन्न भई सुख, संपन्नता र ऐश्वर्य प्राप्ती हुन्छ ।

प्रकाशित मिति January 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।