आज संसारभर रहेका नेपालीले टोपी दिवस मनाउँदै…

पाेखरा १६ पुस- नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ सातौ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । टाेपी दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वास गर्न गर्छन् ।

अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालीहरुमा समेत पर्वजस्तो उल्लासमय बनाउनका लागि नेपाली टोपी दिवसका रुपमा मनाउन थालिएको हो ।

दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने साथै दिवसले नेपाली र नेपाली मुलका नागरिक भएका सबै देशमा नेपाली पनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रर्वद्धन गर्ने विश्वस गरिएको छ ।

प्रकाशित मिति January 1, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।