सलमान खानको जन्मदिन पार्टीमा पुगे शाहरुख खान, अरु को को गए ?

मुम्बई– बलिउडका चर्चित सुपरस्टार सलमान खानले आफ्नो ५४ औँ जन्मदिन भव्य रुपमा मनाएका छन् । उनका भाइ सोहेल खानले आफ्नो घरमा शानदार पार्टी राखे । उनको पार्टीमा कैयन् बलिउड सेलिब्रेटी उपस्थित भए । यस्तै पार्टीमा शाहरुख खान पनि आए । यी दुवैले खिचाएको एक तस्वीरमा सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यतिबेला हलमा सलमान खानको फिल्म ‘दब‍ंग ३’ प्रदर्शन भइरहेको छ ।

सलमान खानले आफ्नो जन्मदिनमा भव्य पार्टी दिने गर्छन् । यसपटक सलमानले आफ्नो जन्मदिन बैनी अर्पिता खानका साथ मनाएका छन् । सलमानले जन्मदिनको केक भान्जा आहिलसँग काटेका थिए । खान परिवारबाट सलीम खान, सलमान खान, हेलेन, अतुल र अल्वीरा, अरबाज खान लगायत पुगेका थिए ।

यस्तै पार्टीमा कटरिना कैफ, सोनाक्षी सिन्हा, संगीता बिजलानी लगायत उपस्थित थिए । सलमानलाई फ्यानले पनि जन्मदिनको शुभकामना दिइरहेका छन् । यतिबेला हलमा सलमान खानको फिल्म ‘दब‍ंग ३’ प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति December 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।