यस्तो सानदार छ सैफ अलि खानको दरबार ! (फाेटाे फिचर)

पाेखरा- भारतीय राजखानदानका बलिउडका चर्चित अभिनेता सैफ अली खान हुन् । कुनै समय सैफ अलि खानको पुर्खाले उत्तर भारतमा राज गरेका थिए । भारत स्वतन्त्र भएपछि राजतन्त्र हटाइएको हो । यद्यपी सन् २०११ मा निजी कार्यक्रम मार्फत पटौदी भन्ने ठाउँमा रहेको पुर्यौली दरबारमा राजकुमारलाई दिने घोषणा गरिएको थियो ।

उत्कृष्ट रहनसहनको कारण बलिउडमा छोटो नबाब को उपनामले चिनीएका सैफ बेला बेला आफ्नो दरबारमा पुग्ने गर्छन् । अभिनेत्री करिना कपूरसँग विवाह गरेका सैफको एक छोरा तैमूर रहेको छन् विशेषत उनी परिवारको साथ छुट्टी मनाउन दरबारमा पुग्ने गर्छन् । इब्राहिम प्यालेस नामले चिनिने दरबारमा उनीहरु समय समयमा पुग्ने गरेका छन् ।

सन् १९३५ मा निर्माण भएको यो दरबारमा १५० भन्दा बढी कोठा रहेका छन् ।

इफ्तिखार अली हुसैन सिद्दकीले निर्माण गरेको उक्त दरबार केही समय अगाडी सैले मर्मत गर्न लगाएका छन् । सन् १९३५ मा निर्माण भएको यो दरबारमा १५० भन्दा बढी कोठा रहेका छन् । सेतो रंगले पेन्टिङ गरेको उक्त दरबारमा चेस बोर्डजस्तै मार्बल बिछ्याइएको छ । दरबार भित्र निकै आलिशानले सजाइएको छ ।

प्रकाशित मिति December 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।