नम्रता सापकोटाको सुन्दरता (फाेटाे फिचर)

पाेखरा- नेपाली चर्चित नायिका नम्रता सापकोटा फेसनको दुनियाँमा अगाडि छिन् । कार्यक्रमको प्रकृती अनुसार पहिरन लगाउन उनी सिपालु मानिन्छिन् । डिजाइनरसँगको सहकार्यमा पहिरन रोज्ने भएका कारण पनि उनको पहिरन चर्चामा रहन्छन् । एक कार्यक्रममा लेहेङ्गमा सजिएकी नम्रता आकर्षक देखिइन् । नेपाली चलचित्र क्षेत्रमा नम्रताको क्रेज कमजोर छ । नम्रतालाई लिएर चलचित्र बनाउन मेकरले इच्छा भने कमै देखाउँछन् ।

उनको पछिल्लो रिलिज चलचित्र ‘समर लभ’ बक्स अफिसमा असफल भयो । यसपछि, उनले नयाँ चलचित्र साइन गरेको खबर छैन । म्यूजिक भिडियोमा फाट्टफुट्ट देखिने यी नायिका विदेश कार्यक्रममा भने बढी व्यस्त भएको पाइन्छ । करिअर जुनसुकै मोडमा कुदेपनि नम्रताको फेसन भने सही बाटोमा नै कुँदिरहेको छ ।

हेर्नुहाेस् उनका केही तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः
ऋचा र दीपेक्षको छल्किएको प्रेम

शनिबार बैबाहिक जीवनमा बाँधिएकी नायिका ऋचा शर्मा र उनका श्रीमान् दीपेक्ष विक्रम राना बिहिबार बेलुकी आयोजित बिहे पार्टीमा रोमान्टिक देखिए । मिडियासँग खुशी साट्दै गर्दा यी दुइले एक अर्कालाई चुम्बन गरे । ऋचा र दीपेक्षले मिडिया र चलचित्रकर्मीकै लागि बिहे भोजको आयोजना गरेका थिए ।

ऋचा र दिपेक्ष भन्छन्–‘हामी एक अर्काको कामलाई सम्मान गर्छौ’ करिब २ बर्ष लामो प्रेम सम्बन्धमा रहेपछि ऋचाले दीपेक्षसँग बिहे गरेकी हुन् । लाबिम मलमा भएको भेट, यसपछि नजिकिएको सम्बन्धलाई उनीहरुले वैवाहिक जीवनमा जोडेका हुन् ।

प्रकाशित मिति December 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।