भगवान गणेशका लागि यसो गर्नुहोस्, घरमा चाहेजति धन भित्र्याउनुस् !

पाेखरा- वास्तुशास्त्र अनुसार,घरको मुख्य ढोकाको धेरै विशेष महत्व हुन्छ । वास्तवमा, सकारात्मक र नकारात्मक दुवैले घरभित्र प्रवेश गर्ने द्धार नै तपाईको घरको मुल ढोका हो । यदी घरमा नकारात्मक ऊर्जाको प्रविष्टि हुन्छ भने मानसिक र आर्थिक समस्या भइरहने हुन्छ ।

मुख्य ढोकामा, स्वस्तिक चिन्ह,ऊँ, श्री गणेशजस्ता शब्दको प्रयोग गर्नुपर्छ।घरको मुख्य ढोकामा फोहोरमैंले हुनुहुँदैन । एक स्वच्छ ठाउँमा सकारात्मक ऊर्जाको प्रवेश सधैं पहिले हुन्छ । घरमा गणेश जी मूर्ति वा फोटो बसेको हुनुपर्दछ। मुख्य ढोकामा तुलसीको रुख राखिनुपर्दछ । वास्तुशास्त्रमा नकारात्मक ऊर्जा रोक्न धेरै सुझावहरू दिइएको छ ।

हामी तपाईलाई घरमा सुःख, शान्ति र समृद्धि ल्याउन गर्नुपर्ने केही सामान्य कुराहरुको बारेमा जानकारी दिन जाँदैंछौं । घरमा खुशी र समृद्धि राख्नको लागि गणेशजीको मुर्ति राख्नु धेरै शुभ मानिन्छ । घरको मुख्य ढोकामा गणपति को एक प्रतिमा (मुर्ती) स्थापना गर्नाले घरमा सकारात्क उर्जा आउँछ । गणेशको फोटो घरको मुख्य ढोकामा लगाइसके पछि, गणेशको अर्को मूर्ति एकै ठाउँमा अर्को ढोकामा राख्नुहोस् ।

यसरी मुर्ती लगाउँदा एउटा मुर्तीले अर्को मुर्तीलाई देखेको हुनुपर्दछ । यसले घरमा खुशी र समृद्धि ल्याउँछ। घरको मुल ढोकामा तुलसी एकदमैं शुभ हुन्छ । मुख्य विन्ड चाइमको स्थापना गर्नुहोस् जसले घरमा सकारात्मक ऊर्जाको प्रवेश गर्दछ । घरको मुख्य ढोकामा, आपको पातहरूको तोरण लगाउँनुहोस जसले घरमा सकारात्मक ऊर्जा पठाउँछ । घरमा सकारात्मक ऊर्जा भएमा शान्ति,समृद्धि लगायतका कुराहरु आउँछन् ।

प्रकाशित मिति December 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।