विवाहको तयारीमा पुर्व मिस नेपाल मलिना जोशी

पाेखरा- पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीको पनि विवाहको चर्चा बढ्दो छ । सामाजिक सञ्जालमा उनले प्रेम खुलाउनुलाइ विवाहको संकेतको रुपमा हेरिएको छ । बिहीबार ऋचाको रिसेप्सन पार्टीमा पुगेकी उनले आफुलाई जाडो महिना मन नपर्ने भएकाले मंसिरमा विवाह नगरेको बताइन् । अहिले उनी सुशान्त प्रधानको प्रेममा रमाइरहेकी छिन् ।

‘अहिले मलाई धेरैले विवाह कहिले गर्छौं भनेर सोधिरहेका छन् । सम्भवतः यो वर्ष हुँदैन । अर्को वर्षको बैशाख र जेठभित्र हुनसक्छ । तर, अहिले नै कुनै निश्चित भने भैसकेको छैन ’ मलिनाले पात्रकारको जिज्ञाषा मेटाउदै भनिन् ।

सन् २०११ मा मिस नेपाल बनेकी मलिनाले फिल्म ‘ऋतु’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । फिल्मभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा रहने उनी प्रेमी सुशान्तसँग रमाएका तस्विरहरु सामाजिक सञ्जालमा प्रायः दैनिक पोस्ट्याउने गर्दछिन् ।

याे पनि पढ्नुहाेस्ः
धुर्मुस सुन्तलीलाई भेट्न पुगेका वर्षा सन्जोक भावुक बनेर फर्किए

लोकप्रिय कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको अगुवाइमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशालाको काम यतिबेला भरतपुर चितवनमा धमाधम भइरहेको छ ।

उक्त रंगशाला निर्माणको लागि देश विदेशबाट सहयोग रकम जुटिरहेको बेला कला क्षेत्रका व्यक्तिहरुले खुलेर साथ र सहयोग गरिरहेका छन् । भर्खरै मात्र चर्चित जोडी अभिनेत्री वर्षा राउत र सन्जोक कोइराला पनि रंगशाला निर्माण स्थल पुगेर फर्किएका थिए । रंगशाला निर्माणलाई थप सहयोग र हौसला प्रदान गर्न पुगेका (दम्पती) वर्षा सन्जोक धुर्मुस सुन्तलीको कहानी सुनेर आफूहरू भावुक बनेको एक अन्तर्वातामा बताएका छन् ।

विवाह पश्चात् त्यति धेरै चलचित्रमा नदेखिएकी वर्षा राउतले पछिल्लो समय कुनै पनि चलचित्रमा साइन गरेकी छैन । फाट्टफुट्ट म्युजिक भिडियोमा भने देखिन छाडेकी छैन । चलचित्रमा खासै जन्म नसकेका अभिनेता भन्दा फरक नपर्ला सन्जोकलाई उनी अहिले चलचित्र भन्दा पनि आफ्नो व्यवसायमा रमाइलो रहेका छन् ।

प्रकाशित मिति December 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।