जीवनमा सफलता चाहानुहुन्छ भने यी १० कुराहरु ख्याल गर्नुहोस्

पाेखरा- मानिस विभिन्न काल खण्डहरुमा प्रकाशित शास्त्रहरुमा भगवान श्रीकृष्णको ब्याख्या गरिएको छ । उहाँलाई नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमताका धनी भगवान भन्ने गरिएको छ । अर्कोतिर उहाँलाई रसिक एवंम रोमान्टिक पात्रको रुपमा पनि चित्रित गरिएको छ । समग्रमा उहाँ यस्तो आदर्श हुनुहुन्छ, जसमा जीवनको मुलभूत सार समेटिएको छ ।

उहाँमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो । यदि वास्तवमै जीवनलाई सफल, सुखी र खुसी बनाउन चाहने हो भने, भगवान श्रीकृष्णको यी बिचार मननयोग्य हुनसक्छ । आउँनुहोस जानौं केही आधारभुत कुराहरु…राम्रो काम गर्नुहोस् । अनावश्यक काममा आफ्नो समय नष्ट नगरौ । विना कारण अरुसँग डराउनु आवश्यक छैन ।

जब बिरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ । मित्रतामा कहिल्यै गरिब र धनीको भेद नहेरौ । बरु, इमान्दारी र सत्यताको आडमा मित्रता निर्वाह गरौँ । अनुशासित जीवन जिउनु, व्यर्थ चिन्ता नगर्नु र भविष्यको साटो बर्तमान ध्यान केन्द्रित गर्न सिकौ ।समस्यामा वा असफलतामा हिम्मत हार्न हुन्न, समस्यालाई जुधेर सामना गरौ ।

मानिस दुरदर्शी हुनका साथसाथै हरेक परिस्थितीको आंकलन गर्ने क्षमता हुनुपर्छ । कसैको बिचारको बन्धनमा बाँधिनु हुन्न, बरु तपाई स्वंम बिचार विकसित गर्नुहोस् ।कुनैपनि काम वा प्रतियोगिता अघि त्यसको रणनीति बनाउनु आवश्यक हुन्छ ।गुरुबाट भन्दा आफ्नो अनुभवबाट बढी ज्ञान आर्जन हुन्छ । गल्ती र असफलताले तपाईलाई धेरै कुरा सिकाइरहेको हुन्छ । मित्रता त्यही दिगो र रसिलो हुन्छ, जो कठिन परिस्थितीमा पनि तपाईको साथ छाड्दैन । मित्रतामा सर्तको कुनै स्थान हुँदैन ।

प्रकाशित मिति December 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।