अहिलेसम्म पनि बलिरहेको छ अमरसिंह थापाले बालेको बत्ति

डोटी- अमरसिंह थापाले बाल्नुभएको डोटीको पूर्वीचौकी गाउँपालिकास्थित काडामाण्डौमा रहेको अखण्ड दीप बत्ती अहिले सम्म पनि निरन्तर बलिरहेको छ । नेपाल एकीकरणको बेलामा थापाले बालेको उक्त दीप अहिलेसम्म पनि बलिरहेको हो । उक्त दीप बाल्नका लागि स्थानीयवासीले रकम सङ्कलन गर्ने गरेका छन् ।

याे पनि पढ्नुहाेस्ः
के हो मुटु बाथ रोग ?

मुटु बाथ रोग प्राकृतिक रुपमा आफैं हुने खालको रोग होइन । यो त मानिसले आफ्नो जीवनकालमा आफैले ल्याएको वा आफ्नै कारणले हुने रोग हो । मुटु बाथ रोग खास गरेर इन्फेक्सन अर्थात् संक्रमणको कारणले हुने गर्छ ।

चिकित्सा विज्ञानमा भएको प्रगतिका कारण विकसित देशहरुमा यो रोगमाथि एक किसिमले पूरै नियन्त्रण पाइसकिएको छ । त्यसैले के भन्ने गरिन्छ भने विकसित देशमा मुटु बाथ रोग लोप हुँदै गइरहेको छ । दुःखको कुरा, विकासोन्मुख देशमा भने मुटुको रोगहरुमध्ये यो सबैभन्दा अगाडि देखिन्छ । त्यसो त विगतमाभन्दा अहिले यो रोगको समस्यामा केही कमी अवश्य पनि आएको नेपाल मेडिसिटी अस्पताल क्रिटिकल कियर विभाग प्रमुख तथा मुटुरोग विशेषज्ञ डा. लभ नरसिंह जोशी बताउँछन् ।

खासगरी, शहरी क्षेत्रहरुमा यो समस्या लिएर अस्पताल पुग्नेको संख्यामा निकै कमि आएपनि ग्रामीण भेगमा अझै यो समस्या बाँकी नै रहेको छ । ४० वर्षमुनिका मुटु रोगीहरुमा यो रोगबाट मृत्यु हुनेको संख्या धेरै छ । मुटु बाथ रोगको सुरुवात किशोरावस्थामै हुन्छ । किशोरावस्थामा देखिने यो रोग पछि गएरमहिलाहरुमा बढी देखिने गरेको छ ।

प्रारम्भिक चरणमा ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो हुने लगायतका लक्षण देखिने हुन्छ । त्यसको राम्ररी उपचार हुन नपाउँदा त्यही संक्रमण फैलिएर मुटुको भल्भमा समेत असर गर्न थाल्छ । हो त्यसरी हुने संक्रमणलाई नै जम्माजम्मीमा मुटु बाथ रोग भनिन्छ ।

किशोरावस्थामा घाँटीमा हुने संक्रमण र मुटु बाथरोगको घनिष्ठ सम्बन्ध हुन्छ । किशोरावस्थामा घाँटीमा हुने संक्रमणलाई बोलीचालीमा टन्सिल भएको भनिन्छ भने त्यसको चिकित्सीय नाम चाहिँ टन्सिलाइटिस हो । यो समस्या घाँटीको ग्रन्थीमा संक्रमण भई सुन्निने, निल्न गाह्रो हुने, दुख्ने जस्ता यो समस्या ‘स्ट्रेप्टोकोकस व्याक्टेरिया’को कारणले हुन्छ ।

टन्सिलाइटिसको समयमा उपचार नभएमा मुटु बाथ रोग लाग्छ । हुन त कतिलाई स्ट्रेप्टोकोकसको संक्रमण हुँदामै बाथ रोग लागिहाल्छ भन्ने हुँदैन । राम्रो उपचार भयो भने त्यो समस्या त्यहीँ निको भएर जाने डा. जोशी बताउँछन् । तर कतिपयलाई चाहिँ त्यो समस्या निको भएको जस्तो देखिए पनि वास्तवमा निको भएको हुँदैन । फलतः त्यसले जटिलता थपिन्छ ।

यो रोगको शुरुमा घाँटी दुख्ने, रुघा लागेको जस्तो हुन्छ । संक्रमण बढ्दै गएपछि शरीरको अन्य भागलाई असर गर्छ । शुरुको अवस्थामा औषधि नगरेमा मुटुको भल्भहरू सुन्निने, खुम्चिने र फुक्ने आदि जस्ता समस्या भई मुटुको रोग लाग्छ । जसलाई ‘रुमेटिक हार्ट डिजिज’ पनि भनिन्छ ।

टन्सिलाइटिस भएर संक्रमण भएमा मुटुका भल्वमा सिधै असर गर्छ र मुटुका भल्वलाई नष्ट गरिदिन पनि सक्छ । यसले मुटुका भल्व अनावश्यक रुपमा बन्द गरिदिने वा चाहिने भन्दा बढी खोलिदिने समस्या पैदा गरिदिन्छ । मुटुका भल्वहरु एकबाट रगत आउने र अर्कोबाट जाने प्रक्रिया चलिरहेको हुन्छ । यस्तोमा आउने वा जाने मात्र बन्द भएमा समस्या पैदा हुन्छ । यसले मुटुको चालमा असर गरिहेको हुन्छ ।

लक्षण मुटु बाथ रोगको शुरुका लक्षणमा घाँटी दुख्ने र विस्तारै शरीरको जोर्नीहरु दुख्ने र ज्वरो आउने हुन्छ । ज्वरो लामो समयसम्म पनि आउन सक्छ । ज्वरोको लक्षण केही सातादेखि केही महिनासम्म पनि रहनसक्छ । ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो हुने लगायतका समस्याहरु देखिन्छ । यो विस्तारै बढ्दै गएपछि मुटुको भल्भमा असर गर्छ । जोर्नी दुख्ने, सुन्निने यो रोगको अर्को प्रमुख लक्षण हुन् । खासगरी ठूला जोर्नीहरू सुन्निने र दुख्ने हुन्छ ।

स्ट्रेप्टोकोकसको संक्रमणलाई राम्रो उपचार नहुँदा आखिरमा गएर त्यसले सोझै मुटुमा असर गर्छ । त्यस संक्रमणले गाँजेपछि मुटुको मांसपेशी बाहिर सुन्निने, पानी जम्ने र मुटुको चाल मै गडबडी आउने जस्ता जटीलताहरु देखापर्न थाल्छ । कसैकसैलाई स्ट्रेप्टोकोकस इन्फेक्सनले जोरो आउने र मस्तिष्कलाई पनि असर गर्ने गर्छ । धेरैको भने मुटुका भल्वहरुमा असर गर्छ ।

प्रकाशित मिति December 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।