३५ वर्षअघि नै गर्भधारण गरेर बच्चा जन्मई सक्नु पर्छ, यस्ताे छ कारण

पाेखरा- डा. मीना प्रधान=महिला तथा प्रसूतिरोग विशेषज्ञ: मनमोहन मेमोरियल सामुदायिक अस्पताल, ठमेल=२५ वर्षको उमेर महिलाका लागि बच्चा जन्माउन उपयुक्त उमेर हो । सामान्यतया महिलामा प्रजनन क्षमताको विकास महिनावारी सुरु भएदेखि नै हुन्छ ।

१८ वर्ष नपुग्दासम्म बच्चा जन्माउनका लागि महिला परिपक्व भइसकेका हुँदैनन् ।आजभोलि प्रायजसो महिला करिअर र अध्ययनका कारण ढिलो विवाह गर्ने गर्छन् । बढी उमेरमा विवाह गर्नुको अर्थ बच्चा जन्माउन पनि ढिलाइ हुुनु हो । रोजगारी र करिअरमा बढी ध्यान केन्द्रित हुँदा धेरै दम्पतीले ढिला बच्चा जन्माउँछन् । जसले गर्दा आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने सम्भावना अधिक रहन्छ ।

असरः महिलामा बच्चा जन्माउनका लागि १८ देखि ३० वर्षसम्ममा प्रजनन क्षमता उच्च हुन्छ । बिस्तारै उमेर बढ्दै जाँदा प्रजनन क्षमतामा पनि ह्रास आउन थाल्छ । महिला ३० वर्ष पुगेपछि कम अन्डा निष्कासन हुने भएकाले गर्भ रहने क्षमता घट्दै जान्छ । बच्चा जन्माउनका लागि चाहिने शक्ति अर्थात् स्वास्थ्यमा कमी आउँछ ।

३५ वर्षपछि बच्चा जन्माउँदा आमासँगै शिशुको स्वास्थ्यमा पनि असर देखिन्छ । बच्चाको नाक थेप्चो हुने, लुलो लंगडो हुने, अपांग हुनेलगायत जोखिम देखिन्छ । त्यस्तै, आमाको उमेर ढल्किसकेपछि जन्माइएका सन्तानमध्ये करिब एक प्रतिशतमा डाउन सिन्ड्रोम हुने गर्दछ ।

बच्चामा आनुवंशिक रोग लाग्ने सम्भावना बढी हुन्छ । आमा–बाबुमा लुकेर बसेका वंशानुगत रोगहरू, डाउन सिन्ड्रोम, पेन फिल्टर सिन्ड्रोम आदि रोग लाग्ने हुन्छ । बढ्दो उमेरसँगै महिलामा जिम्मेवारी र तनाव पनि बढ्छ । यसले मानसिक स्वास्थ्यमा असर गरिरहेको हुन्छ । ढिलो गरी जन्माइएका शिशुमा यस्तो तनावको असर देखिन्छ ।

बच्चा जन्माउन गाह्रो- ३० देखि ३५ वर्षपछि महिलामा दुःख सहन सक्ने शारीरिक क्षमतामा कमी आउन थाल्छ । यसका साथै प्रजनन अंगले युवा अवस्थामा जस्तो काम गर्न सक्दैनन् । गर्भधारण गर्न नै गाह्रो हुने, सुत्केरी हुने वेलामा लामो समयसम्म पीडा हुने, जन्माउन नसक्नेजस्ता समस्या देखिन सक्छन् । यस्तै, उमेर बढ्दै जाँदा महिला आफैँमा विभिन्न रोगको समस्या हुने भएकाले बच्चामा त्यसको प्रत्यक्ष अ’सर पर्छ ।

याे पनि पढ्नुहाेस्ः
खेलकुद मन्त्री र राखेपका सदस्य सचिवलाई बर्खास्त गर्न तरुण दलको माग

नेपाल तरुण दलले १३ औँ दक्षिण एसियाली खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न माग गरेको छ । दुवैलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी कारवाही गर्न तरुण दलले माग गरेको हो ।

नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा सरकारका भ्रष्ट, नालायक, अपराधीका संरक्षक मन्त्रीहरुलाई साग खेलकुदको रकमबाट दौरा सुरुवाल खरिद गर्नुले देशकै बदनाम भएको ठहरसहित नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ । नेपाली खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ ।’

त्यस्तै, साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी (बिना टेन्डर) प्राप्त गरेको ई–सेवाले टिकट बिक्री वितरणमा ठगी धन्दा सञ्चालन गरेको प्रति पनि दलले खेद प्रकट गर्दै इसेवामाथि छानविनको प्रक्रिया सुरु गरी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

यसको साथै दलले पदक विजेता खेलाडीहरुलाई उचित पुरस्कारसहित सम्मान गर्नुपर्ने सरकार र नेपाल खेलकुद परिषद्सँग माग गरेको छ । पदक जित्ने खेलाडीहरुले देशको इज्जत बचाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै स्वर्ण पदक विजेता प्रत्येकलाई २५ लाख, रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक जित्नेलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरेर खेलाडी र खेलप्रति सम्मान गर्न दलले माग गरेको छ ।

प्रकाशित मिति December 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।