१२ तस्बिरमा हेर्नुहोस् अभिनेत्री स्वस्तिमा खड्काको लुक्स (फोटो फिचर)

पाेखरा २२ मंसिर- नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका स्वस्तिमा खड्का हुन् । चलचित्र ‘होस्टेल रिटन्स्’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी उनले बुलबुल, छक्का पञ्जा २, नाइ न भन्नु ल ५, घामड शेरे जस्ता थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनको सुन्दरताको निकै चर्चा हुने गर्दछ ।

कन्ट्रोभर्सी र काम दुवैले स्वस्तिमालाई व्यस्त राखेको छ। उनी अभिनीत दुई चलचित्र लगातार बक्स अफिसमा चिप्लिए। तर पनि उनको व्यस्तता कम भएको छैन। उनी पछिल्लो समय चलचित्र चपली हाइट ३ को सुटिङमा व्यस्त रहेकी छिन्।

हेर्नुहाेस् उनका केही तस्बिरहरूः

याे पनि पढ्नुहाेस्ः
ऋचाको बिहेमा केकीको मुस्कान

चलचित्र ‘छ माया छपक्कै’का निर्माता तथा कलाकार दीपकराज गिरीले भनेका थिए–‘अब केकीको पनि बिहे हुन्छ ।’ किनकी, दीपकसँग काम गर्ने नायिकाको बिहे भैरहेको छ । यसैले, केकीको पनि बिहे हुने चर्चा सुरु भएको थियो । तर, केकीको यो बर्ष बिहे हुने संभावना भने टर्दै गएको छ ।

बरु, केकी आफ्ना नजिकका साथीहरुको बिहेमा भने सहभागी हुँदै आएकी छिन् । शनिबार नायिका ऋचा शर्माले बिहे गरिन् । काठमाण्डौको एक होटलमा आयोजित बिहेमा केकी अधिकारीसहित ऋचा नजिक मानिने अन्य केही नायिका सहभागी भएका थिए ।

ऋचा निर्णायक रहेको रियालिटी शो ‘कमेडी च्याम्पिएन’मा केकी निर्मात्रीको रुपमा छिन् । ऋचाको बिहेमा मुस्काएकी केकीले बिहे भने कहिले गर्ने हुन्, यसका लागि प्रतिक्षा गर्नैपर्छ ।

प्रकाशित मिति December 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।