ऋचाको बिहेमा केकीको मुस्कान

बरु, केकी आफ्ना नजिकका साथीहरुको बिहेमा भने सहभागी हुँदै

चलचित्र ‘छ माया छपक्कै’का निर्माता तथा कलाकार दीपकराज गिरीले भनेका थिए–‘अब केकीको पनि बिहे हुन्छ ।’ किनकी, दीपकसँग काम गर्ने नायिकाको बिहे भैरहेको छ । यसैले, केकीको पनि बिहे हुने चर्चा सुरु भएको थियो । तर, केकीको यो बर्ष बिहे हुने संभावना भने टर्दै गएको छ ।

बरु, केकी आफ्ना नजिकका साथीहरुको बिहेमा भने सहभागी हुँदै आएकी छिन् । शनिबार नायिका ऋचा शर्माले बिहे गरिन् । काठमाण्डौको एक होटलमा आयोजित बिहेमा केकी अधिकारीसहित ऋचा नजिक मानिने अन्य केही नायिका सहभागी भएका थिए ।

ऋचा निर्णायक रहेको रियालिटी शो ‘कमेडी च्याम्पिएन’मा केकी निर्मात्रीको रुपमा छिन् । ऋचाको बिहेमा मुस्काएकी केकीले बिहे भने कहिले गर्ने हुन्, प्रतिक्षा गर्नैपर्छ ।

प्रकाशित मिति December 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।