महिलाहरुले देब्रे नाक छेड्दा धार्मिक तथा बैज्ञानिक रूपमा फाइदा

नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरु बताउँछन्

महिलाहरुले नाक छेड्छन् । नाकमा बुलाकी मुन्द्रा टप अादि लगाउने गर्छन । नाक छेड्दा उनिहरू निकै सुन्दर देखिन्छन तर नेपाली महिलाले किन नाक छेडाउछन् भन्ने कुरा सवैलाई थाहा हुँदैन । यतिसम्मकी नाक छेड्ने स्वयं महिला पनि यस विषयमा अनभिज्ञ हुन्छन् ।

नाक छेड्नुलाई धेरैजसोले श्रृंगारसँग मात्र जोड्ने गर्छन् । नाक छेड्नु श्रृंगारसँगमात्र सम्बन्धित छैन, यसको धार्मिक तथा बैज्ञानकि कारण पनि छ । त्यस्तै नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरु बताउँछन् । महिलाले देब्रे नाक मात्रै किन छेड्छन् भन्ने विषय पनि सवैलाई थाहा नहुन सक्छ । यसले प्रजनन अङ्गमा नकारात्मक असर नपर्ने चिकित्सकहरु बताउँछन् ।

हिन्दुशास्त्रको पवित्र ग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरुलाई महिनावारी हुँदा हुने पी*डाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिन पनि सजिलो हुने धार्मिक विश्वास छ । महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने चिकित्सकहरु बताउँछन् । यस्तै बाँया कान छेड्नाले रक्त चापजस्तो समस्याहरुमा पनि कमि आउने बताइन्छ ।

याे पनि पढ्नुहाेस्ः
एउटै गोत्रमा किन विवाह गरिँदैन ? धार्मिक मात्र होइन बैज्ञानिक कारण यस्तो छ

हिन्दु धर्ममा एउटै गोत्रमा विवाह गर्न हुँदैन र गरिँदैन पनि । त्यसैले बेहुला र बेहुली पक्षको गोत्र फरक पार्ने गरिन्छ । खासगरी नेपालका हिन्दु ब्राह्मणसमुदायमा यो प्रचलनमा बढी रहको छ । अन्य जनजाति समुदायमा भने यसलाई त्यति धेरै महत्व दिइँदैन, मामाचेली फूपूचेलो नाता सम्बन्धमा समेत विवाहलाई मान्यता दिइन्छ ।

एउटै गोत्रको बिवाहबाट जन्मिने बच्चामा बिभिन्न आनुवांशिक दोषको खतरा

हिन्दु धर्ममा सगोत्री वा हाडनातामा विवाह किन बर्जित गरिन्छ भन्ने बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । यसका केही धार्मिक तथा वैज्ञानिक कारणहरु छन् । जुन यस्ता छन्–हिन्दु धर्ममा सगोत्री विवाह वर्जित गरिएको छ । हिन्दु धर्ममा रहेको विश्वास अनुसार एउटै गोत्रमा विवाह गर्दा बिभिन्न किसिमका समस्याहरु झेल्नु पर्ने हुन्छ । वैवाहिक सम्बन्ध राम्रो हुँदैन ।

यदि बेहुला र बेहुली दुबैको एकै गोत्र परेमा ती दम्पतीबाट जन्मिने बच्चामा पनि बिभिन्न किसिमका अवगुणहरु आउन सक्छ । यसका साथै सन्तान नै नहुने लगायतका अवस्था पनि आउनसक्ने हुन्छ । सगोत्री विवाह मनाही गरिनुको कारण धार्मिक विश्वास मात्र होइन यसका पछाडि बिभिन्न वैज्ञानिक कारणहरु पनि रहेका छन् ।

एउटै गोत्रको बिवाहबाट जन्मिने बच्चामा बिभिन्न आनुवांशिक दोषको खतरा रहन्छ । त्यसैले तपाईँ पनि नाता सम्बन्धमा वा सगोत्री विवाह गर्ने सोँच्दै हुनुहुहन्छ भने बेलैमा सजग हुनुहोेस् । पछि यस्ता विभिन्न खालका समस्याहरु तपाईँमा पनि देखा पर्न सक्छन्
। अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानमा तृष्ण क्षमता भएका हुन्छन् । सामान्य बच्चामा भन्दा उनीहरुमा केही गुणहरु बढी हुन्छ ।

प्रकाशित मिति December 5, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।