करातेमा अनुपमाले जितिन् स्वर्ण

उनले पहिलो खेलमा श्रीलंकाकी कुलाथुंगा बान्द्रलाई ७-४ ले हराएकी थिइन्

करातेको कुमिते ६७ केजी प्लस समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् । उनले एसियन गेम्सको कास्यपद विजेता पाकिस्तानकी खेलाडी नर्गिसलाई ६-३ ले हराउँदै स्वर्ण जितेकी हुन् ।

उनले पहिलो खेलमा श्रीलंकाकी कुलाथुंगा बान्द्रलाई ७-४ ले हराएकी थिइन्।

करातेमा नेपालको यो दसौं स्वर्ण हो।

प्रकाशित मिति December 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।