आज असार ३ गते मंगलबारको राशिफल : भगवान श्रीकृष्णले रक्षा गरून्

आज मिति २०७६ साल असार महिनाको ३ गते मंगलबार तदानुसार १८ जुन सन् २०१९ तछलागा श्रीशाके १९४१ नेपाल सम्बत् ११३९ आषाढकृष्णपक्ष ।

राशीफल :
मेष : अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व पनि बढ्नेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ । आजको दिन निकै राम्रो रहेको छ ।

वृष : सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । आँटेको काम समयमा नबन्न सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही दिन प्रतीक्षा गर्नुपर्ला । हरेकक काम गर्दा होसियार हुनुहोला ।

मिथुन : माहोल रमाइलो रहनेछ। प्रयत्न गर्दा आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । समग्रमा दिन सुखद छ ।

कर्कट : व्याहारिक समस्याले योजना रोकिन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ ।

सिंह : समयको मागलाई विचार गरेर अघि बढ्नुहोला । बिस्तारै कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउन सक्छ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । आज मेहनत बढि न‌ गर्नुपर्ने देखिन् ।

कन्या : परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । मिहिनेतले फाइदा दिलाउनेछ त्यसैले निरन्ततर मेहनत गर्नुहोला ।

तुला : रचनात्मक काममा जुट्ने समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले त्यति साथ नदिए पनि काम सम्पादन हुनेछ । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ ।आजको दिन प्रतिफल मिल्नेछ ।

बृश्चिक :शुभचिन्तकलाई बेवास्ता गर्दा पनि दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ । तापनि सम्पादित कामबाट धन लाभ हुनेछ । मिहिनेतले आम्दानी बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ ।

धनु : रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ ।

मकर : आकस्मिक कामले खर्च बढाउन सक्छ । सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । अरूलाई समय दिँदा आफू पछि परिनेछ । अाज हरेक केरामा होसियार हुनुहोला ।

कुम्भ : अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । दिगो फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ ।

मीन : परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला । अवसरका लागि विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन सक्छ । नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न होला ।

आजको शुभ रहोस्

प्रकाशित मिति June 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।