मंसिर २१ मा ऋचा शर्माकाे बिहे हुदैं…

पाेखरा १७ मंसिर- नेपाली चर्चित नायिका ऋचा शर्माको बिहे चर्चा केही समयदेखि चलिरहेको छ । केही समय अगाडि ब्याचलर पार्टीमा सहभागी भएसँगै ऋचाको बिहे चर्चा सुरु भएको हो । ऋचाले पनि लामो समयदेखि घरबाट बिहेका लागि दबाब आएको बताउँदै आएकी थिइन् ।

उनै नायिका शर्माले, आफ्नो सामाजिक संजालको माध्यमबाट बिहेको साइत सार्वजनिक गरेकी छिन् । ऋचाले डिसेम्बर ७ अर्थात मंसिर २१ गते बिहे गर्न लागेको उल्लेख गरेकी छिन् । ऋचाले आफूहरुलाई प्रेम दर्शाउने सबैलाई धन्यवाद समेत दिएकी छिन् । ऋचा केही समयदेखि दिपेश विक्रम राणाको प्रेम सम्बन्धमा छिन् ।

दिपेश ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन् । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रियक नायिका शर्माले बिहेको मिति सार्वजनिक गरेसँगै अब उनको घरजम पनि पक्का भएको छ । उनी अहिले ‘कमेडी च्याम्पिएन’ नामक रियालिटी शोको निर्णायक समेत छिन् ।

याे पनि पढ्नुहाेस्ः
शैली थिएटरको आफ्नै नाटकघर

वि.सं २०६५ सालबाट औपचारिक रुपमा सुरु भएको शैली थिएटरले आफ्नै नाटकघर बनाएको छ । १० वर्षअघि औपचारिक रुपमा सुरु भएको थिएटरले रातोपुलमा आफ्नै घर बनाएको हो । आइतबार उक्त नाटकघरको औपचारिक उद्घाटन गरिएको छ । शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले एउटा ठुलो सपना पूरा भएको बताए ।

उनले भने–‘हामीले २०७४ सालको असारबाट नाटकघरको निर्माण सुरु गरेका थियौं । झण्डै २ वर्षपछि हामीले देखाउन मिल्ने गरी नाटक घर तयार गरेका छौ । यो हाम्रो लागि निकै खुसीको कुरा हो ।’

शैली थिएटरको उद्घाटनमा कलाकार रमेश बुढाथोकी, बद्री अधिकारी, गायक नारायण रायमाझी, गायक प्रकाश सपुत लगायतको उपस्थिती थियो । नाटक घरको औपचारिक उद्घाटनपछि गोविन्द बहादुर मल्ल ‘गोठाले’को लेखनमा तयार भएको ‘भुसको आगो’ नामक नाटक मञ्चन भएको थियो ।

जसलाई निर्देशक नवराज बुढाथोकीले नाटकको रुप दिएका हुन् । यो नाटक मंसिरको ३० गतेसम्म मञ्चन हुनेछ । ’भुसको आगो’ले प्रजातन्त्रपछि महिलाको अवस्था के थियो भन्ने विषयलाई प्रस्तुत गरेको छ । नाटकमा देखिने कलाकारहरु सबै महिलामात्र छन् ।

प्रकाशित मिति December 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।