‘द भ्वाइस अफ नेपाल सिजन २’मा आस्था र राजु चयन, को को भए आउट ?

हिमालय एचडीबाट प्रसारण हुने शो आगामी साउनको पहिलो सातादेखि सुरु हुने सम्मेलनमा जानकारी गराएको थियो ।

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि दुई जना नयाँ कोच चयन भएका छन् । सिजन २ मा नयाँ कोच गायक राजु लामा र गायिका आस्था राउत चयन भएका हुन् । यसअघिको सिजनमा रहेका कोचद्वय सनुप पौडेल र अभय बारिएसँगै लामा र राउत नयाँ कोचका रुपमा चयन भएका हुन् । उनीहरुको साथमा पहिलो सिजनमा रहेका कोचद्वय दीप श्रेष्ठ र प्रमोद खरेलले रहने छन् ।

सोमबार काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा द भ्वाइस अफ नेपाल–२ का लागि आयोजकले आगामी कोचको बारेमा जानकारी दिएको हो । हिमालय एचडीबाट प्रसारण हुने शो आगामी साउनको पहिलो सातादेखि शुक्रबार र शनिबार राति ८ बजे प्रशारण हुनेछ ।

यो पनि पढ्नुहोस
पूर्वक्रिकेटर प्रधानमन्त्रीको सल्लाह नमान्दा पाकिस्तानको हार !

विश्वकप क्रिकेट २०१९ अन्तर्गत आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ८९ रनले हराएको छ । भारतले दिएको ३ सय ३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाउँदा पानी प¥यो र खेल रोकियो । पानी नरोकिएपछि डकवर्थ लुइस नियमका आधारमा भारत ८९ रनले विजयी बन्यो । टस जितेपछि पाकिस्तानका कप्तान/विकेटकिपर सर्फराज अहमदले पहिला भारतलाई ब्याटिङको निम्तो दिए । जबकि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले निरन्तर ट्विट गर्दै टस जितेमा पहिले ब्याटिङ रोज्न आफ्नो टिमलाई सल्लाह दिइरहेका थिए । तर अहमदले उनको सुझाव सुनेन् ।

सन् १९९२ को क्रिकेट विश्वकप उपाधी जितेको पाकिस्तानी टोलीको नेतृत्व गरेका पूर्वकप्तान तथा प्रधानमन्त्री खानको सुझाव किन मानेनन् सर्फराजले ? के यही नै पाकिस्तानी हारको कारण थियो ? यतिखेर यो बहसले चर्चा पाएको छ ।
पिच नरम नभएको अवस्थामा पहिला ब्याटिङ गर्नु उपयुक्त हुने सुझाव इमरानको थियो ।

प्रकाशित मिति June 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।