आफ्नै बोली पुरा नगर्दै आकाशसँग जोडी बाध्दै पूजा

पछिल्ले समय रजतपटमा व्यस्त नायिका हुन् पूजा शर्मा । उनलाई फिल्ममा लभर गर्ल क्यारेक्टरमा नै बढी रुचाइन्छ । उनी अभिनित फिल्म ‘पोइ र्पयो काले’ कार्तिक ८ गतेबाट प्रदर्शनमा आएको छ । फिल्मले बक्स अफिसमा सफलता प्राप्त गर्न सकेको छैन ।

अब ६ महिना त म फिल्म गर्दै गर्दिन, मैले गर्ने लास्ट गर्ने भनेको सम्झना विर्सना हो । त्यस पछि म सुत्छु । गाह्रो भयो ……’

त्यस्तै पूजाको मुख्य भूमिका रहने फिल्म ‘म यस्तो गीत गाउँछु २’ फ्लोमा रहेको छ भने अर्को फिल्म ‘सम्झना विर्सना’ फ्लोरमा जाँदैछ । पूजाले ‘सम्झना विर्सना’ पछि ६ महिना ब्रेक लिने मनशाय बनाएकी छिन् । फिल्म ‘पोइ र्पयो काले’को प्रचारको लागि राजधानीको एक हलमा पुगेकी उनले अन्तवार्तामा अब ६ महिना ब्रेक लिने कुरा बताएकी थिइन् ।

फिल्ममा पूजासँगै नायक आकाश श्रेष्ठले पनि अभिनय

पूजाले भनेकी थिइन्, ‘अब ६ महिना त म फिल्म गर्दै गर्दिन, मैले गर्ने लास्ट गर्ने भनेको सम्झना विर्सना हो । त्यस पछि म सुत्छु । गाह्रो भयो ……’ एक पछि अर्को गर्दै लगातार फिल्ममा काम गर्दा गाह्रो भएकोले ब्रेक लिन लागेको उनको तर्क छ । एकतिर ब्रेक लिने कुरा गरेपनि नयाँ फिल्ममा काम गर्ने खबर बाहिरिएको छ । फिल्म ‘मन परेसी पर्याे पर्याे’ मा उनिहरु काम गर्ने भएकी हुन् । फिल्ममा पूजासँगै नायक आकाश श्रेष्ठले पनि अभिनय गर्ने भएका छन् ।

फिल्ममा ६ महिना ब्रेक लिने बताएकी पूजाले आकाशसँग फेरि सहकार्य गर्दैछिन् । फिल्म ‘मन परेसी पर्याे पर्याे’ आगामी चैत २८ मा प्रदर्शनमा आउने बताइएको थियो । पूजा सोही मितिमा प्रदर्शनमा आउने फिल्म ‘प्रेमगीत ३’ सँग भिड्न अनिच्छुक रहेकोले फिल्मको रिलिज डेट पर धकेलिने निर्माण युनिटले जनाएको छ ।

प्रकाशित मिति November 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।