सामाजिक सञ्जालमा पोखिएको वर्षाको प्रेम ! (फाेटाे फिचर)

पाेखरा ११ मंसिर- नेपाली नायिका तथा मोडल वर्षा शिवाकोटीले अहिलेसम्म कुनै पनि हिट फिल्म दिन सकेकी छैनिन् । उनलाई फिल्मभन्दा बढी म्युजिक भिडियो नै फापेको छ । पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘वीर विक्रम २’ पूरै असफल रह्यो ।

फिल्ममा उनले पल शाह र नाजिर हुसेनसँग काम गरेकी थिइन् । त्यसपछि उनले फिल्म ‘लक्का जवान’ मा काम गरिन् । यो फिल्म कहिले रिलिज हुन्छ भन्ने टुङ्गो लागेको छैन । यता वर्षा भने पछिल्लो समय प्रोफेसनका कारणले भन्दा व्यक्तिगत कारणले चर्चामा छिन् ।

उनी अमेरिकामा बस्दै आएका सविनजंग थापासँग प्रेममा छिन् । त्यसो त वर्षाको नाम मिलन चाम्ससँग पनि जोडिँदै आएको थियो । वर्षाले सविनजंग थापासँगको प्रेम पनि अझै स्वीकारेकी छैनिन् । यद्यपि पछिल्लो समय भने वर्षाले प्रेमिल स्टाटस नै धेरै अपलोड गर्न थालेकी छिन् । वर्षाले हालै इन्स्टामा एक तस्वीर सार्वजनिक गरेकी थिइन् । उक्त तस्वीरमा क्याप्सन लेख्दै वर्षाले लेखेकी छिन् – र, यो संसारमा तिमी मेरो हो ।

वर्षाले सामाजिक सञ्जाल फेसबूकमा पनि अपलोड गर्ने तस्वीरमा प्राय प्रेमकै बारेमा लेखिरहेकी हुन्छिन् । प्रेमसम्बन्धका बारेमा खासै बोल्न नचाहने वर्षा सामाजिक सञ्जाल भने प्रेमबारेमै लेखेर रङ्ग्याउँछिन् । हल्ला त यो पनि चलेको छ कि, पछिल्लो समय वर्षा र मिलन चाम्सको सम्बन्ध राम्रो छैन । त्यसैले वर्षाले यसो गरिरहेकी छिन् ।

हेर्नुहाेस् उनका केही तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः
दैनिक रुपमा स्याउ खाँदा पुग्छ यस्ता फाइदा

स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी छ । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वह रहेका हुन्छन् । स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई केही मानिस बोक्रासहित खान रुचाउँछन् भने केही बोक्रा झिकेर खान रुचाउँछन् । स्याउ एक प्रकारको फलफुलको राजा नै भन्दा पनि हुन्छ खानमा पनि निकै स्वादिलो हुन्छ । खादा गुलियो भएको हुनाले यसलाई केटाकेटिले पनि मन पराउछन् ।

यस्ता छन्, स्याउ खानुका फाइदा

तौल सन्तुलित- शरिरको तौल हरदम फिट राख्न चाहनुहुन्छ भने नियमित स्याउ सेवन गर्नुहोस् । स्याउ नियमित सेवन गर्दा तपाईको पाचन प्रणालीलाई सही राख्छ । यसका साथै शरिरको इम्युनो सिस्टमलाई पनि राम्रो राख्छ । धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्चरक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ । स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

पत्थरी कव्जीयतबाट बचाउँछ– नियमित स्याउ खानाले पत्थरी हुन सक्दैन । स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ । त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ ।

सुन्दरता बढाउँछ– स्याउको सेवनले अनुहारमा हुने काला तथा सेता दागहरु हट्छन् । यसबाट अनुहारमा चमक आउँछ । साथै स्याउको प्रतिदिन सेवनले तपाईंको शरीरमा मौजुद रहेको अनावश्यक बोसो बिस्तारै बिस्तारै कम हुन्छ । नियमित सेवनले अनुहारमा भएका कालो धव्वाह पनि हराएर जान्छ र अनुहार सुन्दर देखिन्छ ।

दाँत मजबुत– ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने दैनिक स्याउ मजाले चपाएर खादा दाँतमा चमक आउने छ । स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ ।

प्रकाशित मिति November 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।