साग भलिबल : उद्घाटन खेलमा नेपाल र बंगलादेश भिड्दै…

पाेखरा ११ मंसिर- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष र महिला भलिबलको उद्घाटन खेलमा नेपालले बुधबार बंगलादेशको सामना गर्दैछ। दुबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन्। पुरुष भलिबल बेलुकी ७ बजे सुरु हुनेछ भने महिला तर्फको खेल अपराह्न ३ बजे हुनेछ।

नेपालले भर्खरै बंगलादेशमा सम्पन्न ‘प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’ को उपाधि जितेकाले उच्च मनोबलका साथ मैदानमा उत्रने छ। महिलातर्फ बुधबार नै माल्दिभ्स र पाकिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ।

१३औं सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि भलिबल भने चार दिन अगाडि नै सुरु हुन लागेको हो। अन्य खेलहरू भने मंसिर १५ बाट मात्रै सुरु हुनेछन्।

यसैबीच १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने महिला टोलीको हौसला बढाउन मंगलबार सरकारले पुरस्कार समेत प्रदान गरेको छ। १३औं सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि भलिबल भने चार दिन अगाडि नै सुरु हुन लागेको हो। अन्य खेलहरू भने मंसिर १५ बाट मात्रै सुरु हुनेछन्।

याे पनि पढ्नुहाेस्ः
सागमा पदक जित्नेलाई सरकाले उचित सम्मान गर्ने

‘पदक विजेताको हकमा युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्मार्फत कार्यान्वयन गर्न हामी तयार छौं । पदक जित्नेलाई यसअघिको भन्दा विशेष पुरस्कार प्रदान गरिनेछ,’ अर्थमन्त्री खतिवडाले भने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार आयोजना गरेको साग खेलाडी सम्बोधन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सागमा पदक विजेता खेलाडीलाई पहिलेभन्दा सम्मानजनक पुरस्कार प्रदान गरिने बताए । ‘पदक विजेताको हकमा युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्मार्फत कार्यान्वयन गर्न हामी तयार छौं । पदक जित्नेलाई यसअघिको भन्दा विशेष पुरस्कार प्रदान गरिनेछ,’ अर्थमन्त्री खतिवडाले भने ।

खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भनिए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा एक्कासी समस्या आएका कारण अर्थमन्त्रीले सम्बोधन गरेका थिए । सरकारले यसअघि भारतमा सम्पन्न १२औं सागमा स्वर्ण विजेतालाई पाँच लाख, रजत विजेतालाई तीन लाख र कांस्य विजेतालाई जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको थियो । अर्थमन्त्री खतिवडाले खेलकुद अन्तर्राष्ट्रिय भाइचारा र कूटनीतिका लागि महत्वपूर्ण रहेको पनि बताए ।

नेपाल भ्रमण वर्ष सन् २०२० अघि आयोजित सागलाई हामीले भ्रमण बर्षको पूर्वअभ्यासका रूपमा लिनुपर्छ,’ अर्थमन्त्री खतिवडाले भने ।

‘सार्क सम्मेलनसमेत हुन नसकेको समयमा नेपालले सातै राष्ट्र सहभागी गराएर साग खेलकुद गर्नु ठूलो कुरा हो । नेपाल भ्रमण वर्ष सन् २०२० अघि आयोजित सागलाई हामीले भ्रमण बर्षको पूर्वअभ्यासका रूपमा लिनुपर्छ,’ अर्थमन्त्री खतिवडाले भने । कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सागमा सहभागी खेलाडीको एउटै ध्यान स्वर्ण पदकमा हुनुपर्ने बताए । मंसिर १५ देखि २४ गतेसम्म हुने सागमा २६ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा खेलहरू काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन् ।

प्रकाशित मिति November 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।