भारतिय नायकले पोखरामा स्काई डाइभिङ गरेपछि तस्बिर पोष्ट गर्दै यस्ताे लेखे…

पाेखरा ९ मंसिर- नेपाली चर्चित भारतीय सिरियल ‘कसौटी जिन्दगी की’का अनुराग अर्थात पार्थ समथान अहिले नेपालमा छन् । उनी विदा मनाउन नेपाल आएका हुन् । उनले सामाजिक संजालमा आफ्नो साहसिक यात्राका तस्वीर र भिडियो शेयर गरेका छन् । पोखरा आएर स्काइ डाइभिङ गरिरहेका पार्थको अनुहारमा त्यसको रोमाञ्च झल्किरहेको छ ।

पार्थले आफ्नो इन्स्टाग्राममा त्यहाँकी एक स्थानीय महिलासँगको फोटो पनि शेयर गरेका छन् । उनले फोटो शेयर गर्दै नेपालीमै ‘नेपाल तपाइँ सुन्दर हुनुहुन्छ’ भनेर लेखेका छन् । पार्थले नेपाल आएर ट्रेकिङ र एडभेन्चरसँगै यहाँको रात्रीजीवनको पनि मजा लिइरहेका छन् ।

प्रदेश ५ मा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना- प्रदेश नं ५ मा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना देखिएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कायक्रममार्फत ऊर्जाको सम्भावना खोजी गर्दै अध्ययन तथा अनुसन्धानमा जोड दिएको छ । सरकारले प्रदेश ५ मा पाँच वर्षभित्रमा ३०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने योजना बनाएको छ भने वैकल्पिक र अन्य ऊर्जाको सन्दर्भमा फोहरलाई ऊर्जामा परिणत गर्ने रणनीतिसमेत तय गरेको छ ।

प्रदेश सरकारले वायु ऊर्जाको सम्भावनालाई मध्यनजर गर्दै त्यसको अध्ययनमा ध्यान केन्द्रित गरेको छ । प्रदेश ५ का स्थानीय तहका सरकारको परिचालनबाट बायो ग्यासको उत्पादनमा जोड दिने र सामुदायिक वनमार्फत ब्रिकेट निर्माण गरी त्यसलाई ऊर्जाको स्रोतको रुपमा प्रयोगमा ल्याउन सकिने सरकारको विश्वास छ ।

कुरा गर्दै प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले ऊर्जाका विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउन वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्रसँग सहमति तथा समझदारी भएको जानकारी दिँदै ऊर्जाका विभिन्न कार्यक्रममा निजी क्षेत्रको सहभागितालाई समेत प्रोत्साहन गरिने उल्लेख गर्नुभयो । नेपालमा वर्षेनी खपत हुने ऊर्जाको करिब तीन प्रतिशत मात्रै विद्युतीय ऊर्जा छ । दश वर्षमा विद्युत्को खपत हालको ११० मेगावाटबाट एक हजार ५०० किलोवाट पु¥याउने नीति नेपाल सरकारले प्रस्तुत गरेको छ ।

राष्ट्रियस्तरमा पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट जडित क्षमता पु¥याउने नीतिसित तादाम्य हुने गराउँदा जनसङ्ख्याको अनुपातमा प्रदेश नं ५ ले पाँच वर्षमा ७५० मेगावाट विद्युत् प्लान्ट थप्नुपर्ने देखिन्छ । राष्ट्रियस्तरमा ऊर्जा मिश्रणको हिसाबले र प्रदेशको जलविद्युत् सम्भाव्यताको हिसाबले यस प्रदेशमा जलविद्युत्लाई विद्युत् ऊर्जा उत्पादनको एक हिस्साको रुपमा विकास गरिने तथा उत्पादनको वृद्धिसँगै विद्युत् सेवा नपुगेका स्थानमा सेवा विस्तार गर्नुपर्ने उल्लेख छ । प्रदेशको जलविद्युत् सम्भाव्यता तुलनात्मक रुपमा कमजोर छ र हालसम्म ३६ मेगावाटको हाराहारी मात्रै जलविद्युत् उत्पादन भएको छ ।

प्रकाशित मिति November 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।