सबैभन्दा धेरै गरिब हुने २ राशी र गरिबी हटाउने उपाय हेर्नुहोस्

पाेखरा ९ मंसिर- सबैको चाहना अरु भन्दा आर्थिक तबरले सम्पन्न बनाैँ भन्ने रहेको हुन्छ । यहि सोचको कारणले गर्दा आफूले सकेजतिको मेहनत प्रायले गरेकै हुन्छन् ।ज्योतिष शास्त्रका अनुसार आर्थिक हिसाबले सम्पन्न बन्नको लागी राशीको महत्वपूर्ण हात रहनेकुरा बताउँछन् । ज्योषित शास्त्रका अनुसार मेष र वृश्चिक राशीलाई सबैभन्दा गरिबी राशीको रुपमा लिइएको छ । यस्ता राशीलाई जीवनमा आर्थिक अभाव रहने कारुण यस्ता उपायहरु अपनाउने पनि बताउँछन् ।

१.मेष राशी
मेष राशीका व्यक्तिहरुले जतिनै पैसा कमाए पनि उनीहरुलाई आर्थिक अभाव भइरहन्छ भनिएको छ । यस्तो समस्यालाई समधान गर्नको लागी यस्ता राशी भएकाले आफ्नो घरमा दैनिक रुपमा पूजाँ गरी घरको प्रवेश द्धारमा दिप बाल्ने र खुसार्नीको धुवाँ लगाउनले आर्थिक संकट हुदैन् ।

२. वृश्चिक राशी
वृश्चिक राशी हुनेहरुलाई कुनै पनि काममा अगाडी बढ्दा क्रृणमा फस्ने सम्भावना एकदमै बढि भने आर्थिक अभावले पनि पिरोलिरहन्छ । यस्ता राशी हुनेहरुले विष्णु लक्ष्मीको मन्दिरमा गएर त्यहाँको जल ल्याएर पिपलको फेदमुनी चढाउनाले आर्थिक संकटबाट मुक्ति पाइने र जीवनमा सफलता पाउने कुरा ज्योतिषशास्त्रमा उल्लेख छ ।

याे पनि पढ्नुहाेस्ः
आज सोमबार, निकै राम्रो छ यी राशीका व्यक्तिको भाग्य, सबैले एकपटक हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने देखिन्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । व्यावसायिक काममा पनि खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थीले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ, सचेत र सावधान भई ड्राइभिङ गर्नुपर्छ अनि लामो यात्रामा जानु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । स्वास्थ्यप्रति समेत सचेत रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । हल्लाको भर पर्दा दुस्ख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । तर मन भावना, खेलवाड र कल्पनामा अल्मलिन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मुखमा कमजोर चन्द्रमा रहेकाले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । विलासिताका क्षेत्रमा धन खर्चको योग छ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मन उत्ताउलो बन्नेछ, निर्णयक्षमतामा कमी आउनसक्छ । चन्द्रमा भए पनि आज मित्रवर्ग र सहयोगीहरूले मनले चाहेजस्तो साथ दिन सक्ने छैनन् । पुराना र रोकिएका काम पूरा गर्न धेरै समय लाग्नसक्छ । परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । अध्ययन–अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । आर्थिक पक्ष धेरै बलियो छैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ, आज । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापिताका साथमा चित्त नबुझ्न सक्छ । मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय दिनु राम्रो हुन्छ ।

यी ११ मन्त्र जप्नुहोस्, भगवान गणेशको कृपाले तपाईको जीवनमा सुख, शान्ती र धन लाभ हुनेछ

यी ११ मन्त्र जप्नुहोस्, भगवान गणेशको कृपाले तपाईको जीवनमा सुख, शान्ती र धन लाभ हुनेछ !! भगवान श्री गणेश बृद्धिका दाता तथा चिन्ता दूर गर्ने देवता मानिन्छन्। भगवान गणेशको आराधनाले बृद्धि विकास हुनुका साथै तपाईको जीवनमा देखिएका सबै बाधाहरु हट्छन्।

भगवान गणेशको कृपा प्राप्त गर्न सके जीवन सर्वसम्पन्न हुने विश्वास गरिन्छ। यहाँ उल्लेख ११ मध्ये कुनै एक मन्त्र लगातार २१ पटक मनमनै जप्नुहोस् तपाईलाई भगवान गणेशको कृपा मिल्ने छ। अथवा श्रद्धाअनुसार शुभ संख्यामा मन्त्र जप्नाले पनि भगवान गणेश प्रसन्न हुन्छन्।

मन्त्रहरु,
१ – श्री गणेशाय नम:
२ – ॐ श्री गणेशाय नम:
३ – गं गणपतये नम:
४ – ॐ गं गणपतये नम:
५ – ॐ गं ॐ गणाधिपतये नम:

६ – ॐ सिद्धि विनायकाय नम:
७ – ॐ गजाननाय नम.
८ – ॐ एकदंताय नमो नम:
९ – ॐ लंबोदराय नम:
१० – ॐ वक्रतुंडाय नमो नम:
११ – ॐ गणाध्यक्षाय नमः

प्रकाशित मिति November 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।