पूजा, नम्रता र साम्राज्ञीमा कसले जित्लान अवार्ड ?

पाेखरा ८ मंसिर- नेपाली फिल्म अवार्डको जापानमा आयोजना हुने ठूलो अवार्ड ‘सूर्य इन्टरनेशनल अवार्ड’को दोश्रो संस्करण ‘‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ नोभेम्बर २४(मंसिर ८) मा टोकियोमा रहेको नाकानो जिरो हलमा आयोजना हुँदैछ ।

यस वर्ष फिल्मतर्फ ३ विधार संगीततर्फ ३ विधा गरि ६ विधा समावेश गरिएको छ । फिल्म विधामा फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सह–अभिनेता र सह–अभिनेत्री रहेका छन् । अभिनेत्री विधामा फिल्म ‘प्रसाद’बाट नायिका नम्रता श्रेष्ठ, ‘काइरा’बाट साम्राज्ञी आरएल शाह र ‘रामकहानी’बाट पूजा शर्मा ३ मनोनयमा परेका छन् । फिल्म ‘प्रसाद’ले सकरात्मक समीक्षा पाएको थियो । ‘काइरा’ र ‘रामकहानी’बाट साम्राज्ञी र पूजाले चर्चा बटुलेका थिए ।

अवार्डको विजेता पब्लिक भोटको आधारमा विजेता चुनिनेछन् । अवार्डको नोमिनेशमा परेका शीर्ष तीनलाई भोट गर्न सूर्य इन्टरनेशनल अवार्डस् नोमिनेशनमा गएर गूगल वा फेसबुक मार्फत लगइन गरेर मत दिन सकिनेछ । अवार्डको विजेताको लागि नोभेम्बर २४(मंसिर ८) सम्म प्रतिक्षा गरौँ ।

याे पनि पढ्नुहोस्ः
‘दोश्रो सुर्य ईन्टरनेशनल अवार्ड–२०१९’ को लागि जम्बो टोली जापानमा

ही मंसिर ८ गते जापानमा आयोजना हुन लागेको दोश्रो सुर्य ईन्टरनेशनल अवार्ड–२०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । गत बर्ष ४९ जना कलाकार सहितको जम्बो टोली जापान पुगेर अवार्डलाई भव्य रुपमा सम्पन्न गरिएको थियो । यो बर्ष भने अवार्डको लागि आधा दर्जन पत्रकार, ५ दर्जन कलाकार र एक दर्जन आगन्तुक जापान आइपुगेका छन् ।

यो पटक जम्बो टोलीमा चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष केशव भट्टराई, एपिएफका चिफ शैलेन्द्र खनाल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्ट, मह जोडी, निर शाह, भुवन केसी, अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्मा, स्वेता खड्का, विजय लामा, नम्रता श्रेष्ठ, दिपा श्री निरौला, दिपेन्द्र लामा, बर्षा राउत, राजेश पायल राई, बुद्धि तामाङ, सन्दिप क्षेत्री, कमल खत्री, टिका प्रसाई, मञ्जु पौडेल, सञ्विज पराजुली, एपिफएका साँस्कृतिक टोलीलगायतका टोली जापान प्रस्थान गरिसकेका छन् ।

यो समारोह नेपाली फिल्म क्षेत्रको लागि जापानमा भएको अहिलेसम्मकै एतिहासिक क्षण रहने आयोजक सूर्य कर्पोेरेशनमले विश्वास लिएको छ । यति धेरै कलाकारहरुले विदेशमा एकै पटक स्टेज सेयर गरेको यो सम्भवत पहिलो पटक हो ।

Facebook Twitter

प्रकाशित मिति November 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।