लभस्टोरी फिल्ममा आकाश र पूजा, चैत २८ मा संभावना कति ?

पाेखरा ८ मंसिर- नेपाली चर्चित नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको जोडी फेरी नयाँ फिल्ममा काम गर्ने भएका छन् । फिल्म ‘मन परेसी पर्याे पर्याे’ मा उनिहरु काम गर्ने भएका हुन् । यस अघि अकाश र पूजा फिल्म ‘सम्झना विर्सना’मा अुनबद्ध भएका थिए ।

‘मन परेसी पर्याे पर्याे’लाई रघु परियारले निर्माण गर्नेछन् भने रुपेश थिङ तामाङले निर्देशन गर्नेछन् । फिल्ममा पूजा र आकाशसँगै बुद्धि तामाङ, किरण श्रेष्ठ, कालु रानाको अभिनय रहनेछ । अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने र श्रीकृष्ण बर्देवाको संगीत रहने फिल्ममा रविन शाहले कोरियोग्राफी गर्नेछन् । फोर्थ आइज् मुभीज प्रालि र डिविआर मिडियाको ब्यानरमा फिल्म निर्माण हुने छ ।

सोही अनुसार लभस्टोरी फिल्मको प्रदर्शन मिति चैत २८ गते नै हुने चर्चा चलिरहेको छ । सोही मितिमा प्रदीप खड्का अभिनित प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ पनि प्रदर्शनमा आउँदै छ ।

चैत २८ मा संभावना कति ?

फिल्म ‘मन परेसी पर्याे पर्याे’ यस वर्षको अन्ति शुक्रबार अर्थात् चैत २८ मा प्रदर्शनमा आउने खबर बाहिरिएको थियो । सोही अनुसार फिल्मको प्रदर्शन मिति चैत २८ गते नै हुने चर्चा चलिरहेको छ । सोही मितिमा प्रदीप खड्का अभिनित प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ पनि प्रदर्शनमा आउँदै छ । आफूलाई लाइमलाइटमा ल्याएको फिल्म ‘प्रेमगीत’को शृङ्खलासँग प्रतिस्पर्धा गर्न पूजा अनिच्छुक छिन् ।

पूजाले आफ्नो फेसबुकमा एक समाचार शेयर गर्दै आफू कहिल्यै पनि प्रेमगीतको टिमले बनाएको फिल्मसँग जीवनमा नजुध्ने उल्लेख गरेकी छन् ।

फिल्मको ‘गीत’ पात्रले पूजा दर्शकमाझ परिचित छिन् । अभिनेत्री पूजाले आफ्नो फेसबुकमा एक समाचार शेयर गर्दै आफू कहिल्यै पनि प्रेमगीतको टिमले बनाएको फिल्मसँग जीवनमा नजुध्ने उल्लेख गरेकी छन् । यता निर्माता रघु परियारले पूजा अस्पताल जानुपर्ने भएको कारण बुधबार हुने भनिएको हस्ताक्षरको कार्यक्रम स्थगीत भएको खुलाएका छन् ।

पूजाले स्किृप्ट मन परेको र फिल्म खेल्न तयार रहेको र पारिश्रमिक तय भइसके पनि पूजाले नै खुलाउन नचाहेकोले खुलाउन नमिल्ने उनले जानकारी दिए ।

फिल्मको प्रदर्शन मिति तय गर्ने देखि हस्ताक्षरको काम आज (विहिबार) हुने परियारले जानकारी दिए । पूजाले स्किृप्ट मन परेको र फिल्म खेल्न तयार रहेको र पारिश्रमिक तय भइसके पनि पूजाले नै खुलाउन नचाहेकोले खुलाउन नमिल्ने उनले जानकारी दिए । सामाजिक कथावस्तुमा आधारित रहेर लभस्टोरी फिल्म बन्ने निर्माण युनिटले जनाएको छ ।

याे पनि पढ्नुहाेस्ः
रिलिजको गाँठोबाट भाग्दै फिल्म

नेपाली रजतपटका फिल्महरु पर्व लक्षित गर्दै रिलिज डेट कुरिरहेका हुन्छन् । विशेष गरि सार्वजनिक विदाको समयमा फिल्म मेकर फिल्म हलमा लगाउन लालायित हुन्छन् । नयाँ वर्ष, दशैं तिहार लगायतका ठूला पर्वमा फिल्म रिलिजको गाँठो पर्ने गर्दछ ।

यस वर्षको दशैँमा रिलिज डेट तय गर्न पनि मेकरले पापड बेल्नु पर्यो । दशैँ लक्षित भन्दै निर्माण घोषणा देखि नै निर्माणमा जुटेका ‘रातो टिका निधारमा’ र ‘छ माया छपक्कै’को रिलिज तालमेल हम्मे हम्मेका साथ मिलेको थियो । दशैँ आसपासमा ‘कबड्डी कबड्डी कबड्डी’, ‘हिरो नं वान’, ‘रातो टिका निधारमा’, ‘काले दाई’, ‘शिवम्’ र ‘छ माया छपक्कै’ गरि ३ हप्तामा ६ ओटा फिल्महरु प्रदर्शनमा आउ ति मध्यै कतिपय फिल्महरु आए गए पत्तै भएन ।

दशैँ रिलिजको लागि मेकरहरुबीच हानथाप नै चल्ने गर्छ । सामान्य समयमा पनि फिल्म रिलिजका लागि हानथाप गर्ने मेकहरु विदाको समयमा गर्ने नै भए । यस वर्ष शिवरात्रीमा पनि फिल्म रिलिजको गाँठो पर्ने देखिएको छ । पहिलो ४ फिल्महरुले शिवारात्री लक्षित गर्दै फागुन ९ लाई प्रदर्शन मिति तय गरे ।

फिल्म ‘आमा’, ‘लप्पन छप्पन २’, ‘साङ्लो’ र ‘सेन्टी भाइरस’ गरि ४ फिल्म फागुन ९ मा लाग्ने फिल्म युनिटले जनाएका थिए । शिवरात्रीमा फिल्म रिलिजको गाँठो पर्ने संकेत देखिएको थियो । तर, फिल्म ‘लप्पन छप्पन २’ २ महिना पर सर्दै अर्को वर्षको वैशाख ५ का दिन प्रदर्शनमा आउने भएको छ । फिल्मको रिलिज मिति परिवर्तन हुनु भएफएक्सको काम पूर्ण नहुने जनाइएको छ ।

शिवरात्री लक्षित गर्दै अब ३ फिल्म प्रदर्शनमा आउने देखिएको छ । वैशाख ५ पनि फिल्मको लागि सहज हुने छैन । किनकि चैत २८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमगीत ३’को माउथ पब्लिसिटी राम्रो र इनिसियल व्यापार राम्रो गरेको खण्डमा फिल्मले दोश्रो हप्ता पनि पल्टिप्लेक्समा कब्जा जमाउने छ । ‘आमा’,‘साङ्लो’ र ‘सेन्टी भाइरस’मा कुने एक फिल्म अनेकन बाहनामा रिलिज मिति सर्यो भने अचम्म नमाने हुने अवस्था आएको छ । रिलिज मितिको भर पर्नु मेकरको अपरिपक्ता रहेको समीक्षकहरुले बताउँदै आएका छन् ।

रजतपटका फिल्महरुको रिलिज मिति कम्तीमा एक पटक परिवर्तन हुन सामान्य जस्तै बन्न थालेको छ । कहिले हलवालको साथ नभएर फिल्म सर्नु परेको मेकरहरु गुनासो गर्छन त कहिले विदेशी फिल्मको चेपमा पर्ने डरले सेफ ल्याण्डिङ खोज्दै भौतारिरहनु पर्छ । प्राविधिक कारण प्रविधिक काम नसकिनु त कतिपय नेपाली फिल्म युनिटको नानि देखि लागेको बानी नै हो । अस्वस्थ प्रतिस्पर्धा हुनु र फिल्म रिलिजमा जाम पर्नु नेपाली फिल्म क्षेत्रको लागि सुःखद् लक्षण भने होइन ।

याे पनि पढ्नुहाेस्ः
‘प्रसाद’, ‘छक्का पञ्जा ३’ र ‘ए मेरो हजुर ३’ मा कुनले जिल्ता अवार्ड ?

बिगेस्ट कलिउड नाइन इन टोकियो’को रुपमा नोभेम्बर २४(मंसिर ८) मा ‘सुर्य इन्टरनेशनल अवार्ड २०१९’ आयोजना गरिदैँ छ । अवार्डको लागि कलाकार र सम्बद्ध पक्षहरु टोकियो पुग्ने काम जारि रहेको आयोजक सूर्य कर्पोरेशनले जनाएको छ । इस वर्ष फिल्मतर्फ ३ विधार संगीततर्फ ३ विधा गरि ६ विधा समावेश गरिएको छ ।

फिल्म विधामा फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सह–अभिनेता र सह–अभिनेत्री रहेका छन् । फिल्म विधाको शर्षि ३ मनोनयनमा सुभाष थापा फिल्म प्रोडक्सन ब्यानरबाट फिल्म ‘प्रसाद’, आमा सरस्वति मुभिज ब्यानरबाट ‘छक्का पञ्जा ३’ र सुहाना एन्टरटेनमेन्ट ब्यानरबाट ‘ए मेरो हजुर ३’ शीर्ष ३ मनोनयनमा परेका छन् ।

निः सन्तान जोडीको कथामा बनेको फिल्म ‘प्रसाद’ बक्स अफिस कारोबारमा खरो उत्रन नसके पनि समीक्षात्मक हिसाबमा रुचाइएको थियो । बक्स अफिसमा सफलता हात पारेपनि ‘ए मेरो हजुर ३’ र ‘छक्का पञ्जा ३’ले समीक्षामा उतिसाह्रो मन जित्न सकेका थिएनन् ।

अवार्डको विजेता पब्लिक भोटको आधारमा विजेता चुनिनेछन् । अवार्डको नोमिनेशमा परेका शीर्ष तीनलाई भोट गर्न सुर्य इन्टरनेशनल अवार्डस् नोमिनेशनमा गएर गूगल वा फेसबुक मार्फत लगइन गरेर मत दिन सकिनेछ । ‘प्रसाद’, ‘छक्का पञ्जा ३’ र ‘ए मेरो हजुर ३’ मा कुन फिल्मले अवार्ड हात पार्लान् ? त्यो भने नोभेम्बर २४का दिन अवार्ड समारोहसम्म कुर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति November 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।