विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिमा परेकी प्रियंका गुगलमा धेरै खोजिन्छिन्

पाेखरा ६ मंसिर- बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा गुगलमा सबैभन्दा धेरै खोजिने बलिउड सेलिब्रिटी बनेकी छन्। हालै गरिएको एक सर्वेक्षणमा यस्तो पाइएको हो । गुगलमा सबै भन्दा धेरै खोजिनेमा उनको नाम अग्रपंक्तिमा आएको हो। ‘सेमरुस’ ले २०१८ अक्टोबरदेखि २०१९ अक्टुबरको बीचमा सर्भे गर्दा यस्तो परिणाम आएको हो ।

प्रियंकालाई २. ७४ मिलियन पटक सर्च गरिएको थियो। यो सूचीमा प्रियंकाका साथमा दीपिका पादुकोण र सनी लियोनीको नाम पनि सामेल थियो। दीपिका दोस्रो तथा सनी तेस्रो नम्बरमा छन्। सलमान खानलाई १. ८३ मिलियन पटक सर्च गरिएको थियो। यसअघि अमेरिकाको प्रतिष्ठित टाइम पत्रिकाले प्रकाशित गरेको विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा प्रियंकाको नाम पनि थियो।

याे पनि पढ्नुहाेस्ः
बेलायती राजकुमारले यि युवतीका कारण पद त्याग्नु पर्यो

सानो उमेरका केटीहरुसंग या न सम्बन्ध राखेको आरोप लागेपछि बेलायती राजकुमार एन्ड्रयुले पद त्या ग गर्ने घोषणा गर्नुपरेको छ । उनलाई एक १७ वर्षकी किशोरीले ३ पटक यौ न सम्बन्ध राखेको अभि योग लगाएकी छन् । उनले आफुसंग सम्बन्ध राखेको स्थानहरु समेत तोकेर बताएकी छन् । यसरी यौ न का ण्डमा मुछिएपछि उनले पद त्या ग गर्ने भएका हुन् ।

राजकुमार एन्ड्रयु यौ न दुरा चारको अभियोग लागेका अमेरिकी अर्बपति जेफ्री इप्स्टिनसँग नजिकको सम्बन्धमा रहेको खुलेको थियो । विगतमा इप्स्टिनले नै सानो उमेरका केटीहरु ब्यवस्था गरेको भनिएको छ । इप्स्टिनसँगको उनको तस्बिर पनि सार्वजनिक भएपछि यो तथ्य बलियो भएको हो । उनलाई एक युवतीले आफुसंग युवराजले सानो उमेरमा सम्बन्ध राखेको सार्वजनिक गरे पछि उनी वि वादित भएका हुन् । ती युवतीले राजकुमार एन्ड्रयुसँग खिचेको तस्बिर समेत सार्वजनिक गरेकी थिइन् ।

आरोप अस्विकार गरेका राजकुमार एन्ड्रयुले आफ्नो पद नत्या गी सुख पाएनन् । उनले इप्स्टिनसँगको सम्बन्ध स्वीकार गरेपनि सानो उमेरका केटी प्रयोग गरेको कुरा भने अस्विकार गरेका थिए । तर, चौतर्फी दबा बपछि राजकुमार उपाधि त्या ग्ने घोषणा गरे । आफूले इप्स्टिनको घरमा संगै बसेको र त्यो आफ्नो गल्ती भएको उनको टिप्पणी छ ।

बेलायती राजकुमार एन्ड्रयु महारानी एलिजाबेथका तेस्रो सन्तान हुन् । भर्जिनिया जियफ्रे नामकी एक महिलाले उनीसँग १७ वर्षको हुँदा तीनपटक सम्बन्ध राखेको दाबी गरेकी हुन् । उनले सम्बन्ध राखेको स्थान समेत बताएकी छिन् । जसमध्ये इप्स्टिनको निजी टापु, न्युयोर्क र लन्डन रहेको उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति November 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।