एक किलो टमाटरको मूल्य ३ सय पुगेपछि विवाहमा टमाटरको माला

लाहोर ५ मंसिर- पाकिस्तानमा यतिबेला टमाटरको भाउ तीन सय रुपैयाँ प्रतिकलो पुगेको छ। अवस्था कस्तो सम्म छ भने मानिसहरुले टमाटरलाई बहुमूल्य चीजसँग तुलना गर्न थालेका छन्।

टमाटरको भाउ अचाक्की बढेपछि लाहेरमा एक युवतीले आफ्नो विवाहमा टमाटारको माला लगाएकी छन्। यी युवतीको फोटो र भिडियो यतिबेला समाजिक संजालमा भाइरल बनेको छ।

हजारौं मानिसले विरोध गर्ने तरिकालाई लिएर बेहुलीको प्रसंसा

भिडियोमा एक बेहुली टमाटरको झुम्का, अन्य गहना लगाएको देख्न सकिन्छ। ती युवतीले पाकिस्तानको महंगी र खस्किँदो अर्थव्यवस्थाप्रति व्यंग गर्न आफूले टमाटारको माला लगाएर विवाह गरेको बताएकी छन्।

साथै ती युवतीले विवाहमा टमाटारको माला बन्छ भने त्यो कति महंगो र बहुमूल्य रहेछ भन्ने देखाउन आफूले माला लगाएको बताएकी छन्।

इन्टरभ्यूको ट्विटरमा यो भिडियो ३२ हजार पटक हेरिएको छ। फेसबुकमा १३ लाख पटक हेरिएको छ। हजारौं मानिसले विरोध गर्ने तरिकालाई लिएर बेहुलीको प्रसंसा गरेका छन्।

प्रकाशित मिति November 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।