गुडिरहेको कारमा मेकअप गर्दा महिलाको आँखाभित्र छि’र्यो आइब्रो पेन्सिल

थाइल्याण्ड ५ मंसिर- थाइल्याण्डमा एक महिलाले गुडिरहेको कारमा मेकअप गर्दा भयानक दुर्घ’टनाको सामना गर्नुपरेको छ । मेकअप गरिरहेका बेला उनको आँखामा आइब्रो पेन्सिल छि’रेको छ ।

यसैबीच ट्याक्सी पिकअपसँग ठो’क्कियो जसका कारण महिला अगाडि हुत्तिइन् जसका कारण उनका हातमा भएको आइब्रो पेन्सिल उनको बायाँ आँखाभित्र छि’र्यो

अडिटी सेन्ट्रलका अनुसार बैंककमा २० वर्षकी महिला आफ्नो साथीको घर जानका लागि एउटा ट्याक्सीमा सवार थिइन् । तर बाटोमा अत्यधिक ट्राफिक जामका कारण ट्याक्सी बिस्तारै गुडिरहेको थियो ।

स्रोतका अनुसार ट्राफिक जाममा टाइम पास गर्नका लागि महिला मेकअप गर्न थालिन् । यसैबीच ट्याक्सी पिकअपसँग ठो’क्कियो जसका कारण महिला अगाडि हुत्तिइन् जसका कारण उनका हातमा भएको आइब्रो पेन्सिल उनको बायाँ आँखाभित्र छि’र्यो । उनलाई तुरुन्त अस्पताल पुर्याइयो ।

डाक्टरका अनुसार सौभाग्यवश, उक्त आइब्रो पेन्सिलले उनको आँखाको संवेदनशील अंगलाई खराब नगरेका कारण उनी केही दिनमा नै ठिक हुनेछिन् । डाक्टरले पेन्सिलको आधा भाग नै आँखाभित्र छि’रेका कारण आँखाबाट रगत बगेको र नाकबाट पनि थोरै रगत नि’स्किएको जानकारी दिए । अहिले उनी ख’तरामुक्त रहेको बताइएको छ ।

प्रकाशित मिति November 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए news.hi[email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।